७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साविक विजेता चिलीलाई हराउँदै पेरु फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । साविक विजेता चिलीलाई हराउँदै पेरु कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहिबार बिहान भएको खेलमा पेरुले चिलीलाई ३–० गोलले पराजित गरेको हो ।पेरुको जितमा इडिसन फ्लोरेस, योशीमार योटुन र जोस पाउलो गुरेरोले समान एक एक गोल गरेका थिए ।

खेलको २१औं मिनेट मै इडिसन फ्लोरेसले गोल गर्दै पेरुलाई १–० को अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३८औं मिनेटमा पेरुले २–० को अग्रता कायम गर्यो । उसका लागि योशीमार योटुन गोल गरे । पहिलो हाफ २–० को अग्रता कायम गरेको पेरुले चिलीको पोष्टमा दोस्रो हाफमा एक गोल थप्यो ।

दोस्रो हाफको इन्जुरी समयमा जोस पाउलो गुरेरोले गोल गरे । गुरेरोले पेरुलाई ३–० गोल गर्दै फाइनलमा पुर्याए । त्यसलगत्यै चिलीले पेनाल्टीको मौका खेर फालेको थियो । पेरुका एडुआर्डो भार्गासको प्रहारलाई पेरुका गोलरक्षकले सजिलै विफल पारिदिएका थिए ।

फाइनलमा पेरुले आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि ब्राजिलले अर्जेन्टिनालाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।