धादिङ । धादिङबेंसीबाट ज्वालामुखी जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ भने चालक सहित ३ जना घाइते भएका छन् ।
सदरमुकामबाट व्यापारिक सामान र व्यापारीहरु बोकेर जाँदै गरेको बा५ ख ९७५० नम्बरको ट्रक ज्वलामुखी–६ गैरीगाउँमा सडकबाट अनियन्त्रितभै १५ मिटर तल खसेको थियो।
उक्त दुर्घटनामा मृत्यु हुनेमा ट्रकमा सवार ३५ वर्षीय कृष्ण नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकोछ। सामान्य घाइते भएका चालक स्थानीय दिवाकर ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकसँगै २४ वर्षीय विनु सुनार र उनकी ४ वर्षीय छोरी कपिया सुनार पनि सामान्य घाइते छन्।