७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार: नेप्से आठ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ – मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने आठ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.२७ बिन्दुले घटेर एक हजार २६०.४७ मा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर २७१.४५ बिन्दुमा झरेको छ ।

नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ । कूल १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता शेयर रु ६७ करोड एक लाख ६९ हजार ९२९मा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह सबैको शेयर ओरालो लागेको छ । बैंकिङ ६.५९, होटल २४, विकास बैंक ४.८१, जलविद्युत् १२.५१, वित्त ३.३५, निर्जीवन बीमा ६२.४५, उत्पादन १.४, अन्य ५.६७, लघुवित्त ७.५, जीवन बीमा ५३.९७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आज कारोवारका आधारमा सिद्धार्थ इक्विटी फण्ड शीर्ष स्थानमा छ । उक्त योजनाको रु पाँच करोड ५२ लाख २२ हजार २४७, प्रभु बैंक रु पाँच करोड ५१ लाख ४३ हजार ७१७, नेपाल बैंक रु चार करोड ७३ लाख २४ हजर ५४२, नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ८८ लाख तीन हजार ३९४, मेगा बैंक रु तीन करोड १६ लाख ६१ हजार ५६४, प्रिमियर इन्स्योरेन्स रु तीन करोड १२ लाख दुई हजार ६५३ र सिभिल बैंक रु दुई करोड ७३ लाख २१ हजार ३६८ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । समिट लघुवित्त वित्तीय संस्था ९.९६, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९.७६, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ६.४९, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ४.२१ र सिटीएक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले ४.०८ प्रतिशतले कमाए ।

त्यस्तै युनियन हाइड्रोपावर लिमिटेड ६.५५, प्रुडेन्टियल इस्योरेन्स ५.६१, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ४.१६, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.८१, वेस्ट फाइनान्स कम्पनी ३.८० र सानिमा इक्विटी फण्डका लगानीकर्ताले ३.७९ प्रतिशतले गुमाए ।