२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच छलफल



अ+ अ-

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री टरिजा मेले उत्तर कोरियाको बारेमा छलफल गरेका छन्।

टेलिफोनमार्फत् भएको छलफल शुक्रबार भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

उनिहरूले वासिङ्टन र लण्डनको सहकार्य, राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा, परमाणु हतियार लगायतका बारेमा पनि छलफल गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनिहरूले इरानका बारेमा पनि कुराकानी गरेको बताइएपनि वक्तव्यमा बिस्तृत जानकारी दिइएको छैन ।