काठमाडौं । १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बर्दियामा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–११ बिजयनगर बस्ने ३५ वर्षीय श्रीराम थारु रहेका छन् ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर भएपछि इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको टोलीले उनलाई शनिबार साँझ पक्राउ गरेको जानकारी दिएको छ ।