१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भत्ता निल्नु न ओकल्नु



अ+ अ-

काठमाडौँ । आविष्कार विक, वर्ष १३ । मध्यबानेश्वरस्थित रत्नराज्य माविको कक्षा ८ मा पढछन् । पढाइमा प्रोत्साहनस्वरूप उनले सरकारबाट वर्षको एकपल्ट चार सय ५० रुपैयाँ दलित छात्रवृत्ति पाउँछन् ।

विद्यार्थीको पहुँच र प्रोत्साहनका लागि दिइने यो छात्रवृत्तिको रकमले उनलाई महिना दिनका लागि कापी किन्न पनि पुग्दैन । पुस्तक किन्ने हो भने एउटा किन्दै पैसा सकिन्छ । भन्छन्, ‘यसको सट्टा त पुस्तक सस्तोमा पाइने व्यवस्था गरिदिनु नि १’

पढाइमा प्रोत्साहनबापत सरकारले दिने छात्रवृत्ति उनीजस्ता विद्यार्थीलाई निल्नु न ओकल्नु भएको छ । ललितपुरको पाटनढोकास्थित मदन स्मारक स्कुलका प्रधानाध्यापक गोविन्द पौडेल दलित, पिछडावर्गका विद्यार्थीले पाउने वार्षिक छात्रवृत्तिलाई ‘औचित्यहीन’ भन्छन् । ‘वर्षमा ४ सय रुपैयाँले के नै हुन्छ र ?’ उनले भने ।

राष्ट्रिय योजना आयोगका अनुसार दलित छात्रवृत्तिजस्तै सरकारले सामाजिक सुरक्षा र संरक्षणका नाममा विविध ४२ शीर्षकका कार्यक्रम ल्याएको छ । सरकारले बर्सेनि राष्ट्रिय बजेटको करिब १२ प्रतिशत खर्चिए पनि यी कार्यक्रमको प्रभावकारिता देखिएको छैन । चालु आवका लागि कुल बजेट १५ खर्ब ३२ अर्बको झन्डै १२ प्रतिशत छुट्याइएको छ ।

मृगौला बिरामीका हकमा निःशुल्क डाइलाइसिस सेवा सरकारले उपलब्ध गराएको छ । मिर्गौला प्रत्यारोपणका लागि ५ लाख रुपैयाँ दिने गरिन्छ । तर यसअघि मिर्गौला दाता खोज्ने, परीक्षणका लागि अस्पताल धाउने र महिनौं पर्खेर मात्रै परीक्षणको रिपोर्ट पाउने अवस्था छ । यो प्रक्रियामै बिरामीले महिनौंको समय र उत्तिकै पैसा खर्च गरिसकेको हुन्छ ।

‘सरकारले नगरेको भन्न मिल्दैन, जुन तरिकाले लामो प्रक्रिया पूरा गरेपछि मात्रै सरकारी सहयोग पाउन सकिने अवस्था छ, यो सही छैन,’ मृगौला पीडित संघका अध्यक्ष बलराम सुवेदी भन्छन् । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सबै नागरिकलाई स्वास्थ्य उपचार र औषधिमा सहुलियत दिन ‘स्वास्थ्य बिमा कार्यक्रम’ लागू गरिएको छ ।

स्वास्थ्य बिमा ऐन ०७४ अनुसार बिमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी वा निजी अस्पतालबाट ओपीडी, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेसन लगायत उपचार प्राप्त गर्न सक्छन् । सरकारले तोकेको निःशुल्क औषधि प्राप्त गर्न सक्छन् । यसबारे पनि लाभग्राहीमा न सूचनाको पहुँच पुगेकै देखिन्छ, न उपयोगिता देखिन्छ ।

सरकारले बिमाअन्तर्गत उपलब्ध गराएका कतिपय सेवा–सुविधा सिन्धुपाल्चोकका २३ वर्षीय मिर्गौलापीडित मदनकुमार सुनारले पाएका छैनन् । स्वास्थ्य बिमा सञ्चालनको कार्यविधि नबनेकै अवस्थामा उनले डाइलासिस निःशुल्क गराउन पाएका छन् तर रगत जाँच, औषधि खरिद, बेड भर्ना, जाँचका लागि मासिक २० हजार रुपैयाँभन्दा बढी आफैं खर्चनुपर्छ । दुवै मिर्गौला फेल भएका उनले चार वर्षदेखि भक्तपुरको मानवअंग प्रत्यारोपण अस्पतालमा निरन्तर उपचार गर्दै आएका छन् ।

चालु आवमा सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने र आधारभूत उपचार समेट्न ६ अर्ब रुपैयाँ विनियोजन भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेश पोखरेलले सरकारले नागरिकका लागि स्वास्थ्य सेवा दिनु सकारात्मक भए पनि बर्सेनि धेरै रकम खर्चंदा आर्थिक भार मात्रै बढ्ने बताए । ‘यसरी निश्चित रकम मात्रै दिइरहनु सरकारका लागि भार पर्ने विषय हो, यसको विकल्प खोज्नुपर्छ,’ उनले भने ।

०५१ यता सुरु भएको वृद्धभत्ता कार्यक्रमलाई पनि सरकारले निरन्तरता दिइरहेको छ ।यसमा ज्येष्ठ नागरिक भत्ता, मानव विकास सूचकांकमा पछाडि परेका जिल्लागत विद्यालयमा बालपोषणको व्यवस्था, एकल, विधवा महिलालाई सामाजिक सुरक्षा भत्ता, लोपोन्मुख–आदिवासी जनजातिलाई भत्ता तथा बालबालिकालाई पोषण भत्ता शीर्षकमा रकम दिइन्छ ।

अति अशक्त अपांग (नीलो कार्ड) को श्रेणीमा रहेका गोरखाका ३९ वर्षीय ऋषि ढकालले मासिक ६ सय रुपैयाँ सरकारी भत्ता पाइरहेका छन् । यो पैसाले न औषधि किन्न पुगेको छ, न जीविकोपार्जनमै टेवा पुग्छ । ‘बरु कुनै सीप सिकाइ अथवा तालिममा सहभागी हुन पाए त्यो दीर्घकालीन सुविधाको आधार हुन्थ्यो,’ ढकाल भन्छन् ।

ऋषिको १६ वर्षअघि मलेसियामा काम गर्दैगर्दा दुर्घटनामा परी मेरुदण्ड पक्षघात भएको छ । देशभर पूर्ण अशक्त अपांग (रातो कार्ड) ४३ हजार ५ सय २१ र अति अशक्त अपांग (नीलो कार्ड) ७४ हजार २ सय ३९ गरी ५ लाख १३ हजार ३ सय २१ जना यस्ता लाभग्राही छन् ।

राष्ट्रिय योजना आयोगका अनुसार सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमबाट कुल जनसंख्याको झन्डै ४० लाख नागरिक लाभान्वित हुँदै आएका छन् । आयोग सदस्य रामकुमार फुयाँलले सामाजिक सुरक्षा र संरक्षणका दुई फरक कार्यक्रमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्न, व्यवस्थित र प्रभावकारी बनाउन तयारी भइरहेको बताएका छन् ।

‘सामाजिक सुरक्षा अभियानलाई प्रभावकारी बनाउन आयोगको संयोजकत्वमा सम्बन्धित मन्त्रालयसहितको विशेष समिति बनाउने तयारीमा छौं,’ उनले भने । आयोगले सामाजिक सुरक्षा लाभग्राहीको संख्या ५ वर्षभित्र ६० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।