१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ला जिप्रकाभित्रै स्तनपान कक्ष



अ+ अ-

काठमाडौं । चन्दननाथ नगरपालिका–२ की कृष्णा शाही १ साउनमा आठ महिने बच्चा काखमा च्यापेर जिल्ला प्रशासन कार्यालय आइपुगिन् । नागरिकता बनाउन आएकी उनलाई प्रक्रिया बुझ्न केही समय लाग्यो । काखको बच्चा रुन थालेपछि उनी प्रशासन कार्यालयमै रहेको स्तनपान कक्षमा छिरिन् । र, रोइरहेको बच्चालाई स्तनपान गराइन् । स्तनपान गराएपछि बच्चालाई सुताएर उनी नागरिकता बनाउने काममा लागिन् । केही समयभित्रै नागरिता बनेपछि उनी घर फर्किन् ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकमैत्री सेवा पाउँदा उनी खुसी देखिन्थिन् । ‘कुशल प्रशासक भएपछिकोे नतिजा नागरिकमैत्री प्रशासन बनेको हो । धेरै छिटो र कुनै झन्झटविना सेवा पाएँ,’ उनले भनिन् । ‘१ साउनबाट स्तपान कक्ष सञ्चालनमा आएको छ । प्रशासनमा सेवाग्राहीका रूपमा आउने गर्भवती र नवआमाका लागि यो सेवा सञ्चालनमा ल्याइएको हो,’ प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भनिन्, ‘कार्यालयमा कार्यरत महिला कर्मचारीसमेत यो सेवाबाट लाभान्वित भएका छन् ।’ स्तनपान कक्ष भुइँतलामै सञ्चालन गरिएको छ । स्तनपान कक्षमा एकैपटक तीनजना आमाले स्तनपान गराउन सक्नेछन् । स्तनपान कक्षभित्र बच्चाका लागि विभिन्न खेलौना पनि राखिएका छन् ।

सेवाग्राहीलाई तातो र चिसो पानीको व्यवस्था
दुर्गा बञ्जाडे जुम्लामा सिडिओ बनेर आएको साढे चार महिना भयो । गत १५ फागुनमा उनी सिडिओ बनेर आएकी हुन् । यो अवधिमा उनले प्रशासन सुधारका थुपै्र काम गरेकी छन् । खासगरी प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागि उनले छिटोछरितो सेवा दिने व्यवस्था मिलाएकी छन् । विगतमा सेवा लिन आउँदा सेवाग्राही कता जाने, कसलाई सोध्ने भन्ने अलमलमा पर्थे । तर, अहिले जिप्रकामा हेल्प डेस्कको व्यवस्था गरिएको छ । कामका लागि आउने हरेक सेवाग्राहीलाई नै सहायता कक्षमा बस्ने कर्मचारीले कुन कामका लागि आएको भनेर आफैँ सोधपुछ गर्छन् ।

अहिले प्रशासन कार्यालयमा ‘आराम तथा स्तनपान कक्ष’, प्रतीक्षालय, लैगिंकमैत्री शौचालय, सहायता कक्ष, चिसो र तातोपानीको व्यवस्था, दर्ता–चलानी सबै बाहिरै राखिएका छन् । जसले गर्दा सुत्केरी, गर्भवती आमादेखि सामान्य नागरिकलाई प्रशासनिक सेवा लिन सहज भएको छ । महिलाहरूको सहजताका लागि आराम तथा स्तनपान कक्ष, निरक्षर व्यक्तिहरूका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । कार्यालयमा आउने जुनसुकै सेवाग्राही सहायता कक्षबाट आफूले लिने सेवाबारे स्पष्ट हुने गरेका छन् ।

प्रशासन सेवा छिटोछरितो
जुम्लामा ४०औँ सिडिओका रूपमा आएकी बञ्जाडेले छोटो समयमा नागरिकले सहसुस गर्ने गरी प्रशासनिक सेवा दिएकी छन् । ७५ वर्ष उमेरका नागरिकले समेत विनाझन्झट नागरिकता पाएका छन् । बन्जाडेले आफूलाई नागरिकसँग भिजेर सेवा प्रवाह गर्ने पहिलो सिडिओका रूपमा जुम्लामा स्थापित गरेकी छन् । प्रशासनमा सेवा लिन आउँदा १३ प्रकारका निवेदनका ढाँचाहरू निर्माण गरी राखिएका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।