२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकताबारे प्रचण्डले गरे गम्भिर खुलासा



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता हुन नदिन आफूलाई प्रधानमन्त्री पदको प्रस्ताव आएको बताएका छन् । ४१औँ पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा प्रचण्डले सरकार र पार्टी दुवै विगतका कमीकमजोरी सच्याउन तयार रहेको बताए ।

‘प्रतिक्रियावादीले पार्टी एकता हुन नदिन मलाई प्रधानमन्त्री पदसमेत अफर गरे,’ प्रचण्डले भने, ‘तर, त्यसलाई सफल हुन नदिई सबै षड्यन्त्र परास्त गरेर आएको हुँ ।’ पार्टीलाई सुदृढ बनाएर विरोधीको षड्यन्त्रलाई परास्त गर्न नेता–कार्यकर्तालाई आफूभित्रको कमीकमजोरी सच्याउनुपर्ने उनले बताए । पुष्पलाल श्रेष्ठले देखेको सपना पूरा गर्न सरकार र पार्टी दुवैले कमजोरी सच्याउँदै जानुपर्ने उनको भनाइ थियो ।

उनले पार्टी एकताको बाँकी सबै काम साउनभित्र सम्पन्न गरेर जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने गरी पार्टीले राष्ट्रिय अभियान चलाउने पनि बताए । कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल र नेता झलनाथ खनालले पनि जनताको अपेक्षाअनुसार सरकारले काम गर्नुपर्नेमा जोड दिए । पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका वरिष्ठ नेता नेपालले सरकारको काम–कारबाहीलाई पार्टीले प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पुष्पलाल श्रेष्ठको सालिकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, नेता खनालसहितले माल्यार्पण गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।