७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो खसेपछि सडक अवरुद्ध



अ+ अ-

बेझाड । पहिरोले रामपुर आर्यभञ्ज्याङ सडकखण्ड अन्तर्गत बेलडाँडा बहखोला सडक अवरुद्ध बनेको छ । बहखोला बेलडाँडा सडकखण्डको गिजिनडाँडामा माथिबाट पहिरोसहित रुख खसेपछि सडक अवरुद्ध बनेको हो ।

गएराति करीब ९ बजेको समयमा एक्कासी पहिरो खसेपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आउन सकेको छैन । बिहान ७ बजेदेखि सडक खुलाउन डोजर प्रयोग गरिरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिं रानाले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि बुटवल, तानसेनबाट रामपुर आउँदै गरेका र रामपुरबाट तानसेन, बुटवल, मित्याल, सिलुवालगायतका स्थानमा जाने सवारी साधन बीचबाटोमै अलपत्र परेका छन् । वैकल्पिक रुपमा तानसेन बुटवल आवतजावत गर्न साना सवारी साधनका लागि वरभञ्ज्याङ रातमाटा मोटरबाटो चालू रहे पनि ठूला सवारी साधन भने यही बाटो भएर गुड्ने हुँदा गन्तव्यमा निस्केका यात्रु समस्यामा परेका छन् ।