४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो खसेपछि सडक अवरुद्ध



अ+ अ-

बेझाड । पहिरोले रामपुर आर्यभञ्ज्याङ सडकखण्ड अन्तर्गत बेलडाँडा बहखोला सडक अवरुद्ध बनेको छ । बहखोला बेलडाँडा सडकखण्डको गिजिनडाँडामा माथिबाट पहिरोसहित रुख खसेपछि सडक अवरुद्ध बनेको हो ।

गएराति करीब ९ बजेको समयमा एक्कासी पहिरो खसेपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आउन सकेको छैन । बिहान ७ बजेदेखि सडक खुलाउन डोजर प्रयोग गरिरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिं रानाले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि बुटवल, तानसेनबाट रामपुर आउँदै गरेका र रामपुरबाट तानसेन, बुटवल, मित्याल, सिलुवालगायतका स्थानमा जाने सवारी साधन बीचबाटोमै अलपत्र परेका छन् । वैकल्पिक रुपमा तानसेन बुटवल आवतजावत गर्न साना सवारी साधनका लागि वरभञ्ज्याङ रातमाटा मोटरबाटो चालू रहे पनि ठूला सवारी साधन भने यही बाटो भएर गुड्ने हुँदा गन्तव्यमा निस्केका यात्रु समस्यामा परेका छन् ।