काठमाडौं । प्रहरीले ठगी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको ठिमीका ४८ वर्षीय सुनिल श्रेष्ठ छन् ।
श्रेष्ठलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले आइतबार पक्राउ गरेको हो ।
महाशाखाका प्रहरी उपरीक्षक (एसपी) केदार ढकालअनुसार श्रेष्ठलाई जिल्ला अदालत, पाटनले १ वर्ष १० महिना २३ दिन कैद र २६ लाख ४८ हजार तीन सय ८७ रुपैयाँ ४० पैसा जरिवाना फैसला गरेको थियो ।