९ आश्विन २०८१, बुधबार
,
Latest
साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो चितवनमा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढे क्यान र मेटलाइफ नेपालबीच सम्झौता न्यायपरिषद्लाई नेपाल बारको चेतावनी: यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौैं कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु एएफसी यू–२० छनोटमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार अध्यागमन कार्यालयको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकांश युवाको रोजाई आफ्नै गृहनगर



अ+ अ-

बेइजिङ । चीनका अधिकांश युवाले जागिरका लागि आफ्नै गृहनगर रोज्ने गरेको पाइएको छ । पछिल्लो एक सर्वेक्षणले गृहनगर रोज्ने युवाको संख्यामा बृद्धि भएको देखाएको चाइना युथ डेलीले लेखेको छ ।

कुल एक हजार ९७३ युवालाई सोधिएकोमा ८७.९ प्रतिशत युवाले आफू आफ्नै गाउँ ठाउँमा काम गर्न चाहेको जवाफ दिएका थिए । उनीहरुमध्ये ५६.५ प्रतिशत युवाले आफ्नो ठाउँको तिब्र विकासका लागि आफ्नै ठाउँ जान चाहेको सर्वेक्षणमा उल्लेख छ ।

चीनको रेन्मीन विश्वविद्यालयका प्राध्यापक लिन छिङ्कीले आफ्नै ठाउँमा काम गर्न पाएका युवामा थप उत्सुकता, सक्रियता र सृजनात्मकता देखिएको बताए ।

त्यसैगरी आफ्ना बृद्ध बुवाआमालाई सहयोग गर्ने उद्देश्यले पनि उनीहरुले आफ्नै गाउँ ठाउँ रोज्ने सर्वेक्षणकर्ताको भनाइ छ ।