७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पाकै पहिलो महिला अधिवक्ता



अ+ अ-

रोल्पा । रोल्पा नगरपालिका–४ लिवाङकी प्रकृति मल्ल रोल्पा जिल्लाको पहिलो महिला अधिवक्ता बनेकी छिन् । नेपाल कानून व्यवसायी परिषद्ले लिएको अधिवक्ता तहको २६औँ परीक्षा उत्तिर्णसँगै मल्ल जिल्लाकै पहिलो महिला अधिवक्ता बनेकी हुन् ।

अधिवक्ता परीक्षामा सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै उनले चौथो स्थान हासिल गरीन । परिषद्ले उत्कृष्ट १० स्थान हासिल गर्नेहरुको नामसमेत सार्वजनिक गर्ने गर्दछ । त्यसरी नाम सार्वजनिक गर्ने १० उत्कृष्ट परीक्षार्थीको रुपमा उहाँ चौथो स्थान कायम गर्न सफल भएको हो ।

मल्लले सेन्ट जेबियर्स स्कुलबाट उत्कृष्ट अङ्कसहित विज्ञानमा १० जोड दुई उत्तीर्ण गरेकी थिईन् । नेपाल ल क्याम्पसबाट बिएएलएलबी उत्तीर्ण गर्दा उहाँ त्रिभुवन विश्व विद्यालयको दोस्रो ‘टपर’का रूपमा थिईन् ।

उनले सार्क राष्ट्रका विद्यार्थीमध्ये पहिलो नम्बरमा छनोट भई साउथ एशियन युनिभर्सिटी नयाँ दिल्लीमा छात्रवृत्तिमा एलएलएम अध्ययन गरिरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । “जिल्लामा कानून पढ्नेको सङ्ख्या निकै कम छ । त्यसमा पनि महिलाको सङ्ख्या त झनै कम ।

अधिवक्ताको रूपमा कानून व्यवसाय गर्नेको सङ्ख्या जिल्लामा एक दर्जन बढी छैन । त्यसरी व्यवसाय गर्ने महिला अधिवक्ता झन शून्य छ”, अधिवक्ता जितविक्रम मल्लले भने ।