९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहको पुस्तक बिक्रीको रकम सामाजिक कार्यमा



अ+ अ-

काठमाडौं । हिमानी कोषले पूर्वराजा ज्ञानेन्द्र शाहका सन्देशहरु भएको संग्रह सार्वजनिक गरेको छ । आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उक्त पुस्तक विमोचन गरेको हो ।

पूर्वराजा शाहको पुस्तक बिक्रीबाट उपलब्ध भएको रकम ‘दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने र उक्त रकम सामाजिक कार्यमा खर्च गरिने पनि ट्रष्टकी अध्यक्ष हिमानी शाहले बताए । पूर्वराजा ज्ञानेन्द्रले कोषका लागि ५०० प्रति संग्रह प्रदान गरिएको कोषले जनाएको छ ।

विगत १८ वर्षदेखि विभिन्न मिति र अवसरमा पूर्वराजा शाहले दिएको सन्देश संग्रह बिकरी गरेर सामाजिक कामका लागि रकम संकलन गर्ने ट्रस्टले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

हिमानी ट्रस्टकी अध्यक्ष हुन् भने पूर्व राजा शाह ट्रस्टका संरक्षक रहेका छन् ।पछिल्लो समय हिमानी शाह ट्रष्ट मार्फत सामाजिक सेवामा सक्रिय रहँदै आएकी छिन् । बाढी, पहिरोका बेलामा राहतमा ट्रस्ट सक्रिय रहने गरेको छ ।