७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु



अ+ अ-

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीस्थित मादी पुल नजिक गए राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ गुणादी बस्ने २० वर्षीय सुरेन्द्र रसाइली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

व्यास नगरपालिका–५ चापाघाटबाट दमौलीतर्फ आउँदै गरेको ग ५ प २६३९ नं को मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार रसाइलीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका सुमन विक घाइते भएका छन् । उनी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भएका छन् ।

दुर्घटना के कारणले भयो भन्नेबारेमा खुल्न नसकेको र घटना सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएकोछ ।