७ पुष २०८२, सोमबार
,
Latest
अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि एउटा विदेशी ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानको दाबी



अ+ अ-

काठमाडौं । इरानले फेरि एउटा विदेशी ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचारसंस्थाहरूले जनाएका छन्।

इरान सरकारले सञ्चालन गरेको टीभीलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले रेभुल्यूशनरी गार्ड कोरको जलसेनाले केही अरब देशका लागि इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्याङ्कर पर्सियन खाडीबाट आफ्नो नियन्त्रणमा लिएको उल्लेख गरेको छ।

इरानको सेपाह न्यूजको वेबसाइटका अनुसार सङ्गठित तस्करीविरुद्ध जलसेनाको गस्तीका क्रममा सो ट्याङ्कर फेला परेको थियो।

इरानले इन्धन तस्करीको आरोपमा ट्याङ्कर समातेको यो दोस्रो पटक हो। गत जुलाई १५ मा इरानी सुरक्षाकर्मीहरूले पानामाको ध्वजावाहक एमटी रिया नामक जहाज आफ्नो नियन्त्रणमा लिएको थियो।

प्राप्त विवरणहरूमा सो ट्याङ्करमा सात लाख लिटर इन्धन भएको बताइएको छ।ट्याङ्करका सात चालकलाई पनि इरानी पक्षले आफ्नो नियन्त्रणमा राखेको छ।

गत महिला इरानले ब्रिटिश ध्वजावाहक ट्याङ्कर स्टेना इम्पेरो आफ्नो नियन्त्रणमा स्ट्रेट अफ होर्मुजबाट आफ्नो नियन्त्रणमा लिएको थियो। गत मे र जुन महिनामा ओमानको खाडीमा दुईवटा तेलवाहक ट्याङ्करमा इरानले आक्रमण गरेको अमेरिकाले आरोप लगाएको छ।

तर इरानले अमेरिकी आरोपको खण्डन गर्दै आएको छ।