७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल युवा उद्यमशीलता सम्मेलन २७ र २८ गते



अ+ अ-

काठमाडौं । ‘नेपाल युवा उद्यमशीलता सम्मेलन’ यही साउन २७ र २८ गते काठमाडौंमा आयोजना हुने भएको छ ।अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय युवा परिषदको आयोजनामा सम्मेलन आयोजना गर्न लागिएको हो ।

युवाहरुलाई उद्यमशील बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिए ।उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युवाहरुलाई उद्यमी बन्नका लागि दिशा निर्देश गर्न सम्मेलन सफल हुने विश्वास पनि व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा छनौटमा परेका ५०० बढी युवा उद्यमीहरु सहभागी हुनेछन् । सम्मेलनमा उद्यमी बन्नका लागि आवश्यक ज्ञान, सीप, दक्षता र लगानीको विषयमा विस्तृत छलफल हुनेछ ।

सम्मेलनमा ‘युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतीहरु’ विषयक अन्तरक्रियासमेत आयोजना गरिनेछ । अन्तरक्रिया निजी क्षेत्रका सफल व्यवसायीहरुले पनि आफ्ना सफलताका कथाहरु प्रस्तुत गरिने मन्त्री नेपालले बताए ।

सम्मेलनको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समापन गर्ने तय गरिएको छ ।