७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली प्रहरी पक्राउ



अ+ अ-

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को प्रहरी हुँ भन्दै लुट्ने दुई व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका–४ को धुम्बाराही स्कूल चोकअगाडि नक्कली प्रहरी बनेर लुट्ने काठमाडौँका दोर्जे तामाङ र नोर्बु तामाङलाई आज पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले कास्कीको पोखरा घर भई हाल काठमाडौँ बस्ने ईश्वर घतानेको साथबाट एकथान मोबाइल र रु छ हजार लुटेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए ।

“सिसीटिभीको सहायताले सादा पोशाकमा गएको प्रहरीले तामाङद्वयलाई पक्राउ गरेको हो”, उनले भने । पक्राउ परेकासँग चार थान मोबाइल र एउटा स्कुटर बरामद गरिएको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।