७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ किलो गाजासहित ३ जना भरिया पक्राउ



अ+ अ-

हेटौंडा । मकवानपुर प्रहरीले १४ किलो ९ सय ग्राम गाजासहित ३ जना भरियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अटो चालक मनहरी गाउँपालिका–८ देवकोटका १९ वर्षीय जीवन मोक्तान, अटोमा सवार पर्साको वीरगञ्ज महानगरपालिका–१० रानीघाटका २४ वर्षीय राजेश पटेल र १९ वर्षीय मुन्ना अन्सारी रहेका छन् ।

सोमबार हेटौंडा–११ थानाभर्‍याङमा चेकजाँचका क्रममा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना१ह ९७४६ नम्बरको अटोबाट १४ किलो ९ सय ग्राम गाँजा बरामद भएको थियो ।

अटोको यात्रु बस्ने सिट र छत काटेर प्लाष्टिकको पोका बनाइ लुकाएर गाजा ओसारपसार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।