२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली धावक निमेशलाई चीनमा तेस्रो स्वर्ण



अ+ अ-

काठमाडौं । सिंगापुर पुलिस फोर्समा कार्यरत नेपाली धावक निमेश गुरुङले चीनमा जारी विश्व पुलिस फायर गेम्समा तेस्रो स्वर्ण पदक जितेका छन् ।

सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आइतबार भएको १० हजार मिटर ट्रयाक एन्ड फिल्डमा स्वर्ण पदक जितेका हुन्। विश्व पुलिस फायर गेम्समा निमेशको यो तेस्रो स्वर्ण पदक हो । उनले यसअघि हाफ म्याराथन र १० किलोमिटर क्रस कन्ट्रीमा स्वर्ण पदक जितेका थिए ।

निमेशले निर्धारित दूरी ३१ मिनेट १७ सेकेन्डमा पूरा गरे। आयोजक चीनका नुफेङ दाई दोस्रो र भारतका गोभा राम दोस्रो भए। नुफेङले निर्धारित दूरी ३१ मिनेट ३५ सेकेन्ड र गोभा रामले ३२ मिनेट २१ सेकेन्डमा पूरा गरेका थिए। यो स्पर्धामा ५५ देशका ५५ प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा निमेशले सिंगापुर पुलिस फोर्सबाट सहभागिता जनाएपनि नेपाली पासपोर्ट भएकाले उनको परिचय नेपाल नै उल्लेख छ।




भर्खरै