११ आश्विन २०८१, शुक्रबार
,
Latest
सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक छः गभर्नर अधिकारी जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकार कार्यान्वयका लागि जनदबाब आवश्यक



अ+ अ-

बनेपा । प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर तामाङले संविधानमै व्यवस्था भएको अधिकारको पूर्ण कार्यान्वयनका लागि जनदबाब आवश्यक रहेको बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को २०औँं स्थापना दिवस तथा २५औँ तामाङ प्रसारण दिवसका अवसरमा सो संस्था र तामाङ पत्रकार सङ्घ काभ्रेपलाञ्चोक शाखाले आज बनेपामा संयुक्तपमा आयोजना गरेको ‘प्रदेश नं– ३ को प्रस्तावित नामाकरण नेवा–ताम्सालिङ’ विषयक अन्तक्र्रियामा उनले संविधानमा लेखिएका कुरा लागू गर्न जनदबाबको आवश्यक भएको र कतिपय अलिखित अधिकार पाउन पनि कठिन भएको बताएका हुन् ।

उनले नामाङ्कनका विषयमा उचित ढङ्गले सम्बोधन भएन भने प्रतिरोध हुनसक्ने आसङ्का पनि व्यक्त गरे । प्रदेश नं– ३ का सांसद रत्न ढकालले जनयुद्धदेखि उठाउँदै आएको जातीय, वर्गीय र सामाजिक मुद्दाको रुपमा स्थापित नामाङ्कनका विषयमा आफू प्रस्तापक र समर्थक दुबै भएर प्रक्रियालाई अगाडि बढाइसकेको बताए । उनले भने, “यो विषय जटिल छ, त्यसका लागि बाहिरबाट जनदबाब सिर्जना भएन भने सजिलै हुने अवस्था छैन ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेता ईन्द्रबहादुर थिङले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले सो मुद्दालाई सम्बोधन नगरे बिरोधमा उत्रिने बताए। अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष एवं नेपाल तामाङ घेदुङका विदेश विभाग प्रमुख टासी लामा र आदिवासी जनजाति आन्दोलनका अगुवा कान्छाराम तामाङले अझैपनि संविधानमा व्यवस्था भएको विषयलाई कार्यान्वयन गर्ने अवस्था नदेखिएकाले यसैलाई लिएर पुनःआन्दोलनमा उत्रन बाध्य नपारियोस् भने ।