११ आश्विन २०८१, शुक्रबार
,
Latest
सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक छः गभर्नर अधिकारी जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्को पल्ट कांग्रेसको सरकार बन्छ: रिजाल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले अर्को पल्ट कांग्रेसको सरकार हुने दाबी गरेका छन्।सरकार लडाएका मानिसले बनाएको भन्दै उनले अर्काे पाली आफ्नो दल पुनः सरकारमा आउने बताएका हुन् ।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेता रिजालले सरकार लडेको नभइ, लडेका मानिसले बनाएको बताए । ”प्रधानमन्त्रीले लोकतन्त्रका लागि लडेको सरकार हो भन्नुभयो। प्रधानमन्त्रीको वामआन्दोलन र त्यसपछिको लोकतन्त्रान्त्रिक आन्दोलन र संघर्षणको योगदानको सम्मान गर्छु। तर सरकार लडेको होइन। हेक्‍का रहोस् प्रधानमन्त्री सरकार लडेको होइन।लडेका मानिसले बनाएको सरकार होला,’ नेता रिजाले भने ।

नेता रिजालले प्रधानमन्त्रीले अर्को चुनाव नभइसम्म यही सरकार रहन्छ भन्ने कुरामाथि स्पष्ट पार्दै भने, ‘एउटा कुरा खुसी लाग्यो। प्रधानमन्त्रीले भन्नुभयो। अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ।ठीक हो प्रधानमन्त्रीज्यू यस्तो काम देखेपछि त अर्को पल्ट कांग्रेसबाहेक कसको सरकार बन्छ।’

उनले निर्वाचनको समयमा गरेको कार्यसम्पादन करार पूरा नभएको आरोप लगाए। ‘प्रधानन्त्रीज्यू तपाईले मन्त्रीसँग गरेको कार्यसम्पादन करारका बारेमा औंला ठडाउनुहोला, मन्त्री फेर्नुहोला। तर जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खोइ ?,’ उनले भने, ‘हिजो जनताले निर्वाचनमा गरेको कार्यसम्पादन करार पूरा भएन। त्यतिमात्र होइन संसदले गरेको कार्यसम्पादन करार अघिल्लो वर्ष बजेट कार्यसम्पादन करार हो, संसद र सरकारको पूरा गर्न सक्नु भएन। यो परीक्षामा तपाई असफल हुनुभयो। आउने दिन सफलता होस्। शुभकामना।’