२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतै दोब्बर, कतै आधा पनि उठेन राजश्व



अ+ अ-

रुकुमपूर्व । जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गरेका छन् भने कतै लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न सकेका छैनन् । रुकुमपूर्वमा सिस्ने गाउँपालिकाले लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गर्न सफल भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाले भने लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न नसकेको हो ।

रु ३६ लाख ७७ हजार राजश्व सङ्कलन गर्ने लक्ष लिएकोमा सिस्ने गाउँपालिकाले रु ७५ लाख ६ हजार ६०० राजश्व सङ्कलन गरेको जनाएको छ । गाउँपालिकाले लक्ष्यभन्दा १०४ प्रतिशत बढी राजश्व उठाएको प्रमुख प्रशासकीय अधिकृत विमला रोकाले जानकारी दिनुभयो । गाउँपालिकाका विभिन्न वडाबाट गरी रु ३७ लाख पाँच हजार ८० सङ्कलन भएको छ ।

गत आर्थिक वर्षमा बालुवा, जडीबुटी, मालपोत कार्यालयबाट राम्रो राजश्व सङ्कलन गर्न सफल भएकोले गाउँपालिकाले दोब्बर राजश्व सङ्कलन गर्न सफल भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा बढाएर रु ७८ लाख राजश्व सङ्कलन गर्ने लक्ष राखेको पनि उनले जानकारी दिए ।

गतवर्ष सङ्कलित राजश्वलाई हेरेर चालु आर्थिक वर्षको लक्ष्य तय गरिएको उनको भनार्इ छ । गाउँपालिकाले वर्षेनी राजश्व सङ्कलनलाई बढाउँदै लगेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७४र७५ मा १८ लाख ३० हजार २९४ राजश्व सङ्कलन गरेको थियो । पुथा उत्तरगङ्गा गाउँपालिकाले अर्थिक वर्ष २०७५/७६ मा लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न नसकेको पाइएको हो ।

रु एक करोड ८ लाख राजश्व उठाउने लक्ष्य राखेको गाउँपालिकाले जम्मा रु ४५ लाख मात्र राजश्व सङ्कलन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले राजश्वको प्रमुख स्रोतका रूपमा यार्सागुम्बालाई लिएको थियो तर, यार्सागुम्बाबाट राजश्व सङ्कलन हुन नसक्दा लक्ष्यअनुरूप राजश्व सङ्कलन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाथोकीले बताए ।

गत वर्षमा लक्ष्यअनुरूप राजश्व सङ्कलन हुन नसकेपछि चालु आर्थिक वर्षमा गाउँपालिकाले राजश्वको लक्ष्य ह्वात्तै घटाएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले यार्सालाई राजश्वको स्रोतबाट हटाउँदै रु ५० लाखको मात्र लक्ष लिएको छ । त्यसैगरी भूमे गाउँपालिकाले गत आर्थिक वर्ष २०७५र७६ मा ४५ लाख ३० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ४३ लाख ५३ हजार राजश्व सङ्कलन गर्न सफल भएको छ ।

गाउँपालिका लक्ष्यको ९६ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले प्राकृतिक स्रोतसाधनबाट कम राजश्व उठेको बताएको छ । सेवा शुल्क, घरबहाल कर, सिफारिस दस्तुर र मालपोत नै राजश्वका प्रमुख स्रोत भएको प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बढाएर राजश्व रु ४९ लाख २४ हजारको लक्ष्य लिएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । कर प्रणालीमा सुधार गर्न सकेमा चालु आर्थिक वर्षमा केही सुधार हुनसक्ने अनुमान गरिएको उनको भनाई छ ।

यतिमात्र नभएर चालु आर्थिक वर्षमा व्यवसाय रजिष्ट्रेशन र नवीकरण, घर बहाल करमा राजश्व बढ्ने अनुमान गरिएको प्रशासकीय प्रमुख श्रेष्ठले बताए ।




भर्खरै