५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डविरुद्धको पहिलो टेष्टमा श्रीलंका विजयी



अ+ अ-

काठमाडौं । आईसीसी विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत न्युजिल्यान्डविरुद्धको पहिलो टेष्ट क्रिकेट खेलमा श्रीलंका विजयी भएको छ ।

घरेलु टोली श्रीलंकाले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । २६८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले अन्तिम दिन आज चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

श्रीलंकाका लागि कप्तान दिमुथ करुनरत्नेले १२२ रन र लाहिरु थिरिमानलेले ६४ रन बनाए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले सबै विकेटको क्षतिमा २४९ रन बनाएको थियो । न्युजिल्यान्डका लागि रोस टायलरले ८६ रन बनाएका थिए । बलिङतर्फ एकिला धननजयले पाँच र सुरंगा लकमलले चार विकेट लिएका थिए ।

दोस्रो पारीमा भने न्युजिल्यान्डले २८५ रनमा सबै विकेट गुमाएपछि श्रीलंकाले मध्यम लक्ष्य पाएको थियो ।