तनहुँ । ट्रकको ठक्करबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेकान् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, दुर्घटनामा सोही ठाउँ निवासी ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएकी छन् ।
सुदीपको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रेमाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ७५६० नम्बरको ट्रकले राजमार्ग छेउमा रोकिराखेको प्रदेश ३–०१–००१–य नं को कारलाई ठक्कर दिएपछि सोही दिशाबाट आउँदै गरेको ना २० प ३१०९ नं को मोटरसाइकललाई कारले ठक्कर दिएको थियो ।