काठमाडौँ। संसदीय सुनुवाइ समितिले १० देशका राजदूतका लागि सिफारिस नाम अनुमोदन गरेको छ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका लागि सरू जोशीको नाम अनुमोदन गरेको छ ।
समितिले इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, ओमानका लागि डा. पद्माक्षी राणा, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ र श्रीलंकाका लागि डा. मंचलाकुमारी झा रहेको नाम पनि अनुमोदन गरेको छ ।
समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेल र साउदी अरेबियाका लागि प्रस्तावित गिरिबहादुर सुनारको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ ।
नैतिक आचरणका साथै जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विभिन्न विषयमा प्रश्न उठेपछि उनको नाम बुधबार बसेको समिति बैठकले अस्वीकृत गरेको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो ।








