काठमाडौं । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित छ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–४ बाट एक, बर्दियाको गुलरिया नगरपालिका–१ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट एक र कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्कबाट दुई जना पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन बरामद गरेको छ ।








