काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले मंगलबार वन तथा भूमि सम्बन्धी कानुन संशोधन गर्नेसम्बन्धी दुई अध्यादेश जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार उनले ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।








