काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज जारी खेलमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल बनाएको हो ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रनको दिए । उनले ६७ बलमा तीन चौका र एक छक्काको सहयोगमा ६१ रन बनाएका हुन् । त्यस्तै करण केसीले १६ बलमा ४० रन बनाए भने अर्जुन कुमालले पनि समान ४० रन नै बनाए ।
बसिर अहमद र इशान पाण्डेले समान ३७–३७ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले २२ रन बनाए । बलिङतर्फ ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले समान दुई–दुई विकेट लिए ।
त्यस्तै हस्नेन शाहले एक विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ । ओमानको अल अमेरत क्रिकेट ग्राउन्ड मिनीस्ट्री टर्फ–१ मा खेल भइरहेको छ ।








