२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता

राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान

राजधानीमा नेपथ्य साँझ”  कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान
अ अ+ अ-

कीर्तिपुर, असोज २७: नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । तैपनि टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र आठ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले ।

कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन दशकअघि भर्खर जन्मिएको ब्यान्डलाई पहिलो पटक प्रस्तुतिका लागि निम्त्याएका थिए त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी विभागका विद्यार्थीले । विश्वविद्यालयको अडिटोरियम हलमा त्यति बेला नेपथ्यले केवल दुईवटा गितारको सहायतामा ‘अकोस्टिक कन्सर्ट’ गरेको थियो । त्यस विन्दुबाट यात्रा गरेर नेपथ्य शनिबार त्यही कीर्तिपुरको ल्याब स्कुल मैदानसम्म आइपुगेको हो । यति बेला ब्यान्डसँगसँगै यसका संस्थापक एवं मुख्य गायक अमृत पनि हरहिसाबले परिपक्व भइसकेका छन् । यस बीचमा ब्यान्डलाई मन पराउँदै हुर्किएका फरकफरक पुस्ताका दर्शकका निम्ति नेपथ्य झन्‍पछि झन् ऊर्जावान् बन्दै गएको छ, जुन शनिबारको नेपथ्य साँझले थप पुष्टि गरेको छ ।

प्रस्तुतिका क्रममा अमृतले आफू विश्वविद्यालय पढ्दाको समय सम्झिए । ‘त्यति बेला कीर्तिपुरका फाँटहरू जताततै खाली देखिन्थे,’ उनले भने, ‘हामी विशेष गरेर भाषा र संस्कृतिबारे अनेक बहस गर्थ्यौं ।’

कार्यक्रममा कर्णाली भेगबाटै सङ्कलन गरिएको पछिल्लो गीत ‘कर्नालीका छाइला’ प्रस्तुत गर्नुअघि अमृतले नेपाली भाषाको उत्पत्ति थलो कर्णालीको सिँजा उपत्यकाबारे पनि अमृतले चर्चा गरे ।

‘भाषा रहे भाका रहन्छ,’ उनले आह्वान गरे, ‘यो नेपाली भाषालाई सबै मिलेर बचाऔँ है… ।’

सबै उमेर समूहका दर्शक देखिने कन्सर्टमा त्रिभुवन विश्वविद्यालयको कूटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका पूर्वप्रमुख प्रेम खनाल पनि थिए । पोखराको लेखनाथ घर भएका खनाल ‘घर हाम्रो पोखरा’ भन्ने गीत प्रस्तुत हुँदा नाचिरहेका देखिन्थे । यो उनको पाँचौ नेपथ्य अनुभव थियो ।

‘भर्खरै नेपथ्यको जीवनी पढेको थिएँ । ब्यान्डको यात्रा अनि गीतहरूको पृष्ठभूमि बुझेर कन्सर्टमा आउँदा झन् रमाइलो हुँदो रहेछ,’ उनी आफ्नो विषयलाई जोडेर भनिरहेका थिए, ‘अन्तर्राष्ट्रिय सम्बन्धमा कलाको पनि अर्थ रहन्छ । अमृत गुरुङको सङ्गीतले पनि संसारलाई जोड्ने काम गरिरहेकै छ ।’

प्रस्तुतिका क्रममा मुलुकले लगातर प्राकृतिक विपत्ति झेल्दै आएको प्रसङ्ग निकाल्दै गायक अमृतले यस्तो बेला सरकार र प्रभावित समुदायलाई गच्छे अनुसारको सहयोग गर्न दर्शकमाझ आह्वान पनि गरे ।

दुईवटा म्युजिक भिडियोको प्रस्तुतिसहित निर्धारित समयमै सुरु भएको कन्सर्टमा अमृतले अन्तिममा राष्ट्रिय झन्डाको महिमा बयान गर्दै ‘रातो र चन्द्रसुर्जे’ गीतका साथ प्रस्तुति समापन गरे ।

कन्सर्ट सकिएपछि एक दर्शक प्रविन रानाभाटले आफ्नो फेसबुकमा तस्बिर र भिडियोसहित लेखेका छन्, ‘योसमेत गरेर मैले छ पटकभन्दा बढी नेपथ्यको लाइभ हेरिसकेको छु, तर जति चोटि हेरे पनि हरेक पटक पहिलो कन्सर्टजस्तै आनन्द, शक्ति र ऊर्जा मिलेको महसुस हुनु नेपथ्यको विशेषता हो ।’

प्रविनले कीर्तिपुरको साँझ कन्सर्टमा केवल सीमित नरहेर सङ्गीतले फरक पुस्तालाई कसरी जोड्छ, मान्छेको मनमुटुमा कसरी त्यसले स्पर्श गर्छ अनि कसरी सदाका निम्ति मिठो याद बनेर बस्न पुग्छ भन्ने उदाहरण पनि बन्न पुगेको उल्लेख गरेका छन् ।

अर्की दर्शक रेश्मा शाक्यले पनि फेसबुकमा भिडियो पोस्ट गर्दै लेखेकी छन्, ‘ड्रिम कम ट्रु (सपना साकार भयो) । यस्तो लाग्यो, मेरो जीवनबाट यस्तो सपना कहिल्यै नसकिऊन् ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, किबोर्डमा दिनेशराज रेग्मी र मादलमा सुन्दर महर्जनले सघाएका थिए ।

अब नेपथ्य टोलीले दसैँलगत्तै छिमेकी भारतको यात्रा गर्नेछ । सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा यसै अक्टोबरको ३१ (कात्तिक १४) मा ब्यान्ड प्रस्तुत हुनेछ । उक्त कन्सर्टका लागि तयार पारिएका टिसर्ट र टिकट सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले सार्वजनिक गरिसकेका छन् । हिमाली राज्य सिक्किममा नेपथ्य चौथो पटक प्रस्तुत हुन लागेको हो ।

सिक्किमपछि नेपथ्य पूर्वी नेपालका दुई सहरमा प्रस्तुत हुनेछ । नोभेम्बर ४ (कात्तिक १८) मा इटहरी र नोभेम्बर ७ (कात्तिक २१) मा झापाको चारआलीमा नेपथ्यले लोकरक गुन्जाउनेछ । तिहारपछि ब्यान्डले मुलुकका चार साना तथा मझौला सहरहरूको साङ्गीतिक यात्रा गर्नेछ । त्यसपछि नेपथ्यले अस्ट्रेलियाको यात्रा गर्नेछ । अस्ट्रेलियाको शृङ्खलाबद्ध यात्राका क्रममा पहिलो प्रस्तुति एडिलेड सहरमा डिसेम्बर ७ मा र अन्तिम कार्यक्रम पर्थमा डिसेम्बर २७ हुने कार्यतालिका ब्यान्डले आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरिसकेको छ ।

यी तमाम कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ । नेपथ्यको वेबसाइट www.nepathya.com.np बाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ ।