२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध

जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध
अ अ+ अ-

सप्तरी। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राजविराज क्षेत्रका जीर्ण सडक तत्काल मर्मतसम्भार तथा स्तरोन्नति गर्न र बिटौरी जग्गाधनीलाई लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउन अनुरोध गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला कार्यालयका प्रमुख तथा जनप्रतिनिधिसँग आज भएको बैठकमा उहाँले यस्तो अनुरोध गर्नुभएको हो ।

चाडपर्वका बेला पनि राजविराजदेखि छिन्नमस्ता भगवती मन्दिर, कङ्कालिनी मन्दिर, रुपनी र कञ्चनपुरलगायत १२ स्थानका सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको भन्दै उहाँले ती सडकको मर्मतसम्भार तथा स्तरोन्नतिको काम तत्काल अघि बढाउन आग्रह गर्नुभयो ।

बैठकमा उहाँले लालपुर्जाविहीन नगरवासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने उद्देश्यले जग्गा दर्तासम्बन्धी गठन आदेश, २०८३ मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको जानकारी दिनुभयो ।

राजविराज नगर क्षेत्रका बिटौरी जग्गाधनीलाई दसैँअघि नै लालपुर्जा वितरण गर्न आवश्यक प्रक्रिया थाल्न पनि उहाँले आग्रह गर्नुभयो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परवीन, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, प्रहरी प्रमुख रूपक खड्कालगायत भूमि प्रशासन, नापी, सडक विभाग तथा पूर्वाधार विकास कार्यालयका प्रमुखहरूको उपस्थिति थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको राजविराज नगर समितिका सभापति खेलानन्द दास पनि बैठकमा सहभागी हुनुहुन्थ्यो । रासस