२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता
अ अ+ अ-

काभ्रेपलाञ्चोक। सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गत भदौदेखि ‘हरियो कार्ड’ सहितको ‘ग्रीन टोकन’ सेवा सुरु गरेको छ ।

कार्यालयमा सेवाग्राहीको चाप, भवनको सीमितता तथा प्रविधि र जनशक्तिको क्षमताका कारण सबैलाई छिटो सेवा उपलब्ध गराउन कठिन हुने भएकाले प्राथमिकताका आधारमा सेवा प्रवाह गर्न यो व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ ।

विशेषगरी ज्येष्ठ नागरिक, अशक्त, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन लामो समय सम्म लाइनमा बस्नुपर्ने अवस्था कम गर्ने उद्देश्यले उनीहरूको अवस्था पहिचान गरी हरियो कार्डसहितको ‘ग्रीन टोकन’ उपलब्ध गराइन्छ ।

कार्यालयका अनुसार टोकनमा सम्बन्धित सेवा लिन जानुपर्ने स्थान र पूरा गर्नुपर्ने प्रक्रिया बारे जानकारी समेत उल्लेख हुन्छ । टोकन प्राप्त गरेपछि सेवाग्राहीले सम्बन्धित स्थानमा गई प्राथमिकताका आधारमा सेवा लिन सक्नेछन् ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सेवाग्राहीलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन ‘ग्रीन टोकन’ सेवा सुरु गरिएको बताउनुभयो ।

उहाँका अनुसार विशेष अवस्थाका सेवाग्राहीलाई पहिचान गरी सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरिएको हो । सेवा सुरु भएयता दैनिक २५ देखि ३० जनासम्म सेवाग्राहीले ‘ग्रीन टोकन’ मार्फत सेवा लिँदै आएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । रासस