२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड
अ अ+ अ-

काठमाडौं ।  विशेष उद्देश्यले स्थापना गरिएका विद्यालयलाई शिक्षा ऐनमै समेटेर स्वायत्त, प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
शिक्षा ऐन तर्जुमाका लागि रायसुझाव संकलन गर्ने क्रममा शिक्षा तथा खेलकुद मन्त्रालयले विशेष प्रकृतिका विद्यालयका पदाधिकारी तथा सरोकारवालासँग गरेको छलफलमा यस्तो सुझाव आएको हो।
सिंहदरबारस्थित मन्त्रालयमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको अध्यक्षतामा बसेको बैठकमा विशेष प्रकृतिका विद्यालयको सञ्चालन तथा व्यवस्थापन, नीतिगत तथा कानुनी व्यवस्था, आर्थिक व्यवस्थापन र पठनपाठनको गुणस्तरलगायत विषयमा छलफल भएको थियो।
छलफलमा विशेष प्रकृतिका विद्यालयलाई राष्ट्रिय विद्यालय शिक्षा प्रणालीको मूलधारमा समाहित गर्न आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिइएको थियो। विद्यालय सञ्चालनमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय कायम गर्ने, प्रशासनिक प्रक्रियालाई जवाफदेही बनाउने र उपयुक्त सञ्चालन ढाँचा निर्धारण गर्ने विषयमा पनि सहभागीले सुझाव दिएका थिए।
शिक्षामन्त्रीका प्रमुख सल्लाहकार झाले विशेष प्रकृतिका विद्यालयको सञ्चालन तथा व्यवस्थापनलाई नीतिगत रूपमा सम्बोधन गर्दै भविष्यको सञ्चालन ढाँचा तय गर्न सम्बन्धित विद्यालयका पदाधिकारीसँग छलफल गरिएको बताउनुभयो।
मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले विशेष उद्देश्यले स्थापना गरिएका विद्यालयलाई थप प्रभावकारी रूपमा सञ्चालन तथा व्यवस्थापन गर्न आवश्यकताअनुसार नीतिगत र संरचनागत सुधार गरिने बताउनुभयो।
छलफलमा सैनिक विद्यालय, प्रहरी विद्यालय, एसओएस विद्यालय, निजामती विद्यालय, गण्डकी बोर्डिङ स्कुल, बुढानीलकण्ठ स्कुल र सहिद स्मृति विद्यालयका प्रतिनिधिको सहभागिता थियो।
सहभागी प्रतिनिधिले द्वन्द्वपीडित बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले स्थापना गरिएका विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि गर्न नसकिएको, शिक्षक दरबन्दीको अभाव रहेको तथा व्यवस्थापकीय समस्या भोग्नुपरेको बताएका थिए।
उनीहरूले विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने, स्वायत्त रूपमा सञ्चालन गर्न पाउने व्यवस्था गर्नुपर्ने तथा एउटै संरचनाभित्र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रणाली विकास गर्नुपर्ने सुझाव दिएका थिए।