२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक

श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन

श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन
अ अ+ अ-
काठमाडाैँ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उद्योग, व्यवसाय तथा निजी विद्यालयका छाता सङ्गठनहरूलाई आफ्ना मातहतका श्रमिक, शिक्षक तथा कर्मचारीलाई कानुनबमोजिम चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ।

विभागले श्रम ऐन, २०७४ को दफा ३७ मा रहेको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था छ।

यसै व्यवस्थाको कार्यान्वयनका लागि विभागले २०८३ असोज २३ गते नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) लाई पत्राचार गरेको थियो। विभागले ती संस्थालाई आफ्ना आबद्ध रोजगारदाता तथा प्रतिष्ठानहरूलाई कानुनी व्यवस्थाबारे जानकारी गराई श्रमिकलाई चाडपर्व खर्च भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

त्यस्तै, विभागले २०८३ असोज २६ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई पनि छुट्टै पत्राचार गरेको छ। निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्च सुनिश्चित गर्न विभागले दुवै संस्थालाई पत्राचार गरेको हो।

विभागको यो कदमले निजी क्षेत्रका उद्योग, व्यवसाय तथा शैक्षिक संस्थामा कार्यरत श्रमिक, शिक्षक र कर्मचारीले कानुनले सुनिश्चित गरेको चाडपर्व खर्च प्राप्त गर्ने व्यवस्था प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।