२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ

अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ
अ अ+ अ-

जेनेभा। संयुक्त राष्ट्रसङ्घीय निकायले आइतबार बताएअनुसार अक्टोबर ८ र ९ को रात जिबुटीको तटमा डुङ्गा डुब्दा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ । उक्त घटनामा करिब ११६ जना बेपत्ता भएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को विज्ञप्तिअनुसार घटनामा बाँचन सफल आप्रबासीहरूका अनुसार जिबुटीबाट यमन जाँदै गरेको ३०५ जना बोकेको उक्त जहाज जिबुटीको ओबोक सहरको उत्तरमा पल्टिएको थियो ।

विज्ञप्तिमा जिबुटीस्थित आईओएमका प्रमुख अलेक्जेन्ड्रे कोइसाकले भन्नुभयो, “यो जीवनको विनाशकारी क्षति हो । बाँचेकाहरू र आफन्त गुमाएका वा आफन्तको खबर नपाएका परिवारप्रति हाम्रो सहानुभूति छ।”

उहाँले भन्नुभयो, “आईओएमका टोलीहरू जिबुटीका अधिकारीहरूसँगै आपत्कालीन सहायता प्रदान गर्न मैदानमा छन् ।”

“यो त्रासदी आर्थिक अवसर खोज्दै बाब अल–मन्देब जलडमरूबाट यमन हुँदै खाडी मुलुकहरू पुग्न खोज्ने आप्रवासीहरूले यस आप्रवासन मार्गमा भोग्नुपर्ने खतराको कडा सम्झना हो।”

बरामद भएका १०९ शवमध्ये पुरुष ५२, महिला ४२ र बालबालिका १५ रहेका विज्ञप्तिमा जनाइएको छ। मृतक बालबालिकामध्ये बालिका नौ र बालक छ रहेका छन् ।

डुङ्गा दुर्घटनामा ८० भन्दा बढी व्यक्ति बाँचेका र उनीहरू सबै इथियोपियाली नागरिक हुन् ।

आईओएमले भनेको छ, “गरिबी, असुरक्षा र जलवायु परिवर्तनका बढ्दो प्रभावले मध्य पूर्वमा बढ्दो अस्थिरताका बाबजुद पनि धेरैलाई यो यात्रा गर्न प्रेरित गर्छ।”

यमन साउदी–समर्थित सरकार र तेहरान–समर्थित हुथी विद्रोहीबीचको लडाइँबाट ग्रस्त छ । हुथीहरूले इरानविरुद्ध अमेरिका र यसका सहयोगीहरू संलग्न क्षेत्रीय द्वन्द्वमा पनि भाग लिएका छन्।

आईओएमले ओबोकको आप्रवासी केन्द्रमा ६४ बाँचेकाहरूलाई सहायता गरिरहेको बताएको छ ।

“अझै बेपत्ताहरूप्रति चिन्ता बढ्दै जाँदा जिबुटीका अधिकारीहरूले खोज तथा उद्धार अभियान जारी राखेका छन्।”

आईओएमका अनुसार यस वर्ष जनवरीदेखि अक्टोबरसम्म इथियोपियाबाट जिबुटीमा एक लाख ७८ हजार जना आएका छन् ।

आईओएमले भनेको छ, “सन् २०२५ मा यमन जाने समुद्री मार्गमा ९०० भन्दा बढी आप्रवासीको मृत्यु वा बेपत्ता भएको थियो र यात्रा गर्नेहरूको सङ्ख्या १८ प्रतिशतले बढेको थियो।”

सन् २०२६ मार्चमा भएको डुङ्गा दुर्घटनामा नौ जनाको मृत्यु र ४५ जना बेपत्ता भएका थिए।

आईओएमका प्रवक्ता केनेडी ओमोन्डी ओकोथले यस साता एएफपीलाई बताएअनुसार यात्रा गर्ने अधिकांश व्यक्ति इथियोपिया वा सोमालियाका हुन् । उहाँले भन्नुभयो, “धेरै जना जिबुटीमै अड्किएका छन्।

आईओएमले ‘जिबुटीको प्रतिक्रियालाई बलियो बनाउन, खोज तथा उद्धार अभियान र जीवनरक्षक सहायतासहित दाता र साझेदारहरूलाई सहयोग बढाउन’ आग्रह गरेको छ ।  (रासस/एएफपी)