२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार

राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित
अ अ+ अ-

काठमाडौँ । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले समाजका पूर्वअध्यक्ष एवं नेपाल सरकारको सचिवमा हालै बढुवा हुनुभएका राष्ट्रसेवक रुद्रसिंह तामाङलाई आज सम्मान गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदस्थापन हुनुभएका तामाङलाई समाजका अध्यक्ष डा उदयबहादुर रानामगर, संस्थापक अध्यक्ष डा केदारनरसिंह केसी, नेपाल सरकारका पूर्वसचिवद्वय तुलसीप्रसाद थपलिया र रामप्रसाद थपलियालगायतले सफल कार्यकालको कामनासहित सम्मान प्रदान गर्नुभयो ।

सचिव तामाङले सरकारले दिएको जिम्मेवारीलाई इमानदरपूर्वक निर्वाह गर्ने सङ्कल्प गर्दै प्राप्त शुभकामना र बधाईप्रति आभार व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष एवं रक्षा मन्त्रालयका सहसचिव रानामगरले नुवाकोटको औद्योगिक पार्क बन्नसक्ने भएकाले त्यसका लागि उद्योग मन्त्रालयबाट पहल गर्न आग्रह गर्नुभयो । नुवाकोटमा हुने विकास निर्माणका लागि आफूहरुले जहाँ रहेर पनि समन्वय र सहजीकरण गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष डा केसी, सचिवद्वय सिटौला र थपलिया, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक डा मनोज केसी, राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्याल, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक पुष्पराज केसी, गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए), बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीलगायतले नजिकिँदै दसैँहित विभिन्न चाडपर्वको शुभकामना दिँदै सचिव तामाङलाई कार्यकाल सफलताको कामना गर्नुभयो ।

समाजका सचिव राजु प्याकुरेलले गत भदौ १० गतेको भोटेकोशी बाढीमा दिवङ्गत भएका नुवोट निवासी २० राष्ट्रसेवकका परिवारलाई समाजकातर्फबाट हालै प्रतिपरिवार रु २५ हजार राहत उपलब्ध गराइएको जानकारी दिनुभयो ।

समाजका कोषाध्यक्ष कृष्ण खतिवडाले नुवाकोटमा जन्म र बसोबास भई निजामती, सुरक्षा सङ्गठनसहित लोकसेवा आयोगबाट पदपूर्ति हुने सङ्गठित संस्थाका कर्मचारीलाई आफूहरुले सामाजिक रुपमा जोड्दै आएको बताउनुभयो । रासस