२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी

अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी
अ अ+ अ-

काठमाडौँ। गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहानको बाढी चुम्चेत नजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी अवरोध फुट्दा आएको हुनसक्ने प्रारम्भिक आकलन गरिएको छ ।

एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड) ले नेपालका सरकारी निकायबाट सार्वजनिक भएका प्रारम्भिक विवरणको समीक्षा गर्दै पहिरोले नदीको बहाव रोकेपछि बनेको अस्थायी अवरोध भत्किएर बाढी आएको हुन सक्ने जनाएको हो ।

इसिमोडका अनुसार आज (असोज २५ गते) बिहान नेपाली समयअनुसार करिब ४ बजे बाढी सुरु भएको अनुमान छ । बाढीले बुढीगण्डकी नदीको तटीय क्षेत्रमा लेदो, गेग्रान र अन्य भग्नावशेष बगाएको थियो । पानीको सतहमा उतारचढाव आएपछि बुढीगण्डकी, त्रिशूली र नारायणी नदी प्रणाली आसपासका बासिन्दालाई सतर्क गराइएको थियो ।

बाढीका कारण केही व्यक्ति बेपत्ता भएका, घर बगेका, पुलमा क्षति पुगेको तथा नदी किनारका पूर्वाधार प्रभावित भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । गोरखाको सल्लेरीस्थित ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्षेत्रमा समेत क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ भने खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र राहतका काम जारी छन् ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले रसुवा–ग्यिरोङ विपद्को केही समयपछि भएको यो घटनाले पर्वतीय क्षेत्रका समुदाय र नदी करिडोरमा रहेका बस्ती प्राकृतिक विपद्को उच्च जोखिममा रहेको पुनः देखाएको बताउनुभएको छ ।
“प्रतिकार्य अहिलेको प्राथमिकता हुनुपर्छ । तर, भविष्यमा यस्ता जोखिम न्यूनीकरण गर्न बाढी उत्पन्न हुनुको कारण बुझ्नु महत्त्वपूर्ण हुनेछ”, उहाँले भन्नुभयो ।

इसिमोडका जलवायु तथा वातावरणीय जोखिमसम्बन्धी रणनीतिक नेतृत्वकर्ता छियाङगङ झाङले प्रारम्भिक विश्लेषणले पहिरोले बनाएको अस्थायी नदी अवरोध फुटेर गेग्रानयुक्त बाढी आएको हुनसक्ने देखाएको बताउनुभयो । उहाँका अनुसार भिरालो पर्वतीय जलाधार क्षेत्रमा पहिरो र नदी प्रणालीको एकीकृत अनुगमन आवश्यक छ । यस्ता क्षेत्रमा विपद् छिटो विकसित हुनसक्ने र त्यसको प्रभाव नदीको तल्लो तटीय क्षेत्रसम्म पुग्नसक्ने भएकाले जोखिमको समग्र मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ छ ।

सन् २०२४ को बाढीसँग पनि समानता

बुढीगण्डकी क्षेत्रमा पछिल्लो बाढी सन् २०२४ को अप्रिलमा भएको अर्को ठूलो बाढीजन्य घटनापछि आएको हो । त्यतिबेला मनास्लु हिमनदीको अग्रभागबाट ठूलो हिमपहिरो खस्दा वीरेन्द्र तालको पानी विस्थापित भई बुढीगण्डकी नदीमा अचानक बहाव बढेको थियो ।

इसिमोडको नेतृत्वमा गरिएको विस्तृत अध्ययनले उक्त घटना हिमताल विस्फोटजन्य बाढी (ग्लोफ) नभई हिमपहिरोका कारण तालको पानी विस्थापित भएर आएको निष्कर्ष निकालेको थियो ।

यी दुई घटनाले हिमाली नदी प्रणालीमा विभिन्न प्रकारका प्राकृतिक प्रक्रियाले विनाशकारी बाढी निम्त्याउन सक्ने देखाएको इसिमोडले जनाएको छ । इसिमोडका अनुसार भविष्यमा जोखिम न्यूनीकरण, पूर्वाधार योजना तथा पुनःस्थापनाका काम गर्दा पहिरो, नदीको बहाव, जोखिममा रहेका बस्ती र पूर्वाधार तथा विपद्का श्रृङ्खलाबद्ध प्रभावलाई एकीकृत रूपमा ध्यान दिन आवश्यक छ । रासस