२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य

शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित

शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
अ अ+ अ-

काठमाडौं । शशिला मोटर्स प्रा.लि.ले आयोजना गरेको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ। काठमाडौंको कलंकी मैत्रीनगरस्थित नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको विद्युतीय सवारीसाधन (ईभी) सर्भिस सेन्टर ‘शशिला सर्भिस सेन्टर’ मा सञ्चालित क्याम्पबाट हाइगर, किटोन, फराइजनलगायत ब्रान्डका सयभन्दा बढी ग्राहक लाभान्वित भएका छन्।

ईभी सर्भिसिङमा केन्द्रित शशिला सर्भिस सेन्टर आधुनिक प्रविधि र सुविधासम्पन्न पूर्वाधारसहित सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। सेन्टरमा २० वटा सर्भिस बे र ३० भन्दा बढी दक्ष प्राविधिकमार्फत सेवा प्रदान गरिँदै आएको छ। साथै, यहाँ उच्च प्रविधियुक्त ब्याट्री मर्मत केन्द्रसमेत रहेको छ। सेन्टरबाट विद्युतीय सवारीसाधनमा देखिने सामान्यदेखि जटिल समस्यासम्मको समाधान उपलब्ध गराइँदै आएको कम्पनीको भनाइ छ।

शशिला सर्भिस सेन्टरका सर्भिस हेड बिन्देशमान सिंह डंगोलले विद्युतीय सवारीसाधनको प्रभावकारी सर्भिसिङबारे बहस भइरहेका बेला क्याम्पले ग्राहकलाई बिक्रीपछिको सेवा र विश्वसनीयताप्रतिको भरोसा थप मजबुत बनाउन सहयोग गरेको विश्वास व्यक्त गरे।

डंगोलले ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले दशैं बिदा तथा शनिबारसमेत सर्भिस सेन्टर खुला रहने जानकारी दिए।

त्यस्तै, शशिला मोटर्स प्रा.लि.का निर्देशक सचिन कायस्थले कम्पनीको प्राथमिकता विद्युतीय सवारीसाधन बिक्रीमा मात्र सीमित नरहेको स्पष्ट पारे। बिक्रीपछिको सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

ईभी प्रयोगकर्तालाई सहज, विश्वसनीय र गुणस्तरीय सर्भिसिङ सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको क्याम्पले बिक्रीपछिको सेवाप्रति कम्पनीको प्रतिबद्धता उजागर गरेको छ।