काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा ४ हजार १०० मत गणना हुँदा महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल र उपसभापतिको खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले अग्रता लिनुभएको छ।
उपसभापतिको खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले २ हजार ४५ मत प्राप्त गर्नुभएको छ। उहाँलाई ई. मधु आचार्यले १ हजार २७८ मतसहित पछ्याइरहनुभएको छ। गोविन्द भट्टराईले १ हजार ९१, सुरेन्द्रराज पाण्डेले १ हजार ६५, धनराज गुरुङले ९०८, दीपक गिरीले ५७९ र प्रा. डा. चन्द्रमोहन यादवले ३३५ मत प्राप्त गर्नुभएको छ।
महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले २ हजार ३९१ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ। उदयशमशेर राणाले १ हजार ३३३, डा. सुनिलकुमार शर्माले १ हजार १७५, अमरसिंह पुन मगरले ८८७, गुरुराज घिमिरेले ८२३, नैनसिंह महरले ५३९, शंकर तिवारीले ७१ र डा. सन्तोष उपाध्यायले ५७ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै, महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त)ले १ हजार ८१६ मत प्राप्त गर्दै अग्रता लिनुभएको छ। महालक्ष्मी उपाध्याय (डिना)ले १ हजार ६३१ र रीता खनालले ४२० मत प्राप्त गर्नुभएको छ।
समावेशी उपसभापतिको एक पदका लागि भइरहेको प्रतिस्पर्धामा विनोदकुमार चौधरीले १ हजार २६ मत प्राप्त गर्नुभएको छ। जीवन परियारले ९७९, सीता गुरुङले ६७६, फरमुल्लाह मन्सुरले ५६५ र रञ्जित कर्णले ३११ मत प्राप्त गर्नुभएको छ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।








