२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ : नेपालसँग क्यानाडा पराजित News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली

पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण निश्चित विधि, प्रक्रिया र योग्यताका आधारमा क्रमशः हुँदै जाने बताउनुभएको छ । उहाँले नयाँ पुस्तालाई तालिम, क्षमता विकास र जिम्मेवारी प्रदान गर्दै नेतृत्वका लागि तयार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुस्तान्तरणको नाममा समाजमा विभाजन सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउनुभयो । जात, धर्म र भूगोलका आधारमा समाजलाई विभाजन गर्न नसकेपछि अहिले बाबु–छोरा तथा हजुरबा–नातिबीच पुस्तागत द्वन्द्व सिर्जना गर्न खोजिएको उहाँको भनाइ थियो ।

उहाँले पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि त्यसका लागि निश्चित प्रणाली र तयारी आवश्यक पर्ने बताउनुभयो । नयाँ पुस्तालाई योग्य, दक्ष र सक्षम बनाएर क्रमशः जिम्मेवारी दिँदै लैजानुपर्ने उल्लेख गर्दै उहाँले अनुभव र क्षमता हासिल नगरी तत्काल नेतृत्वमा पुग्न खोज्नु उचित नहुने धारणा राख्नुभयो ।

‘एकैचोटि प्रोफेसर भइन्न । त्यसको प्रक्रिया हुन्छ, त्यसको सिलसिला हुन्छ । त्यसैले हाम्रो नयाँ पुस्तालाई योग्य, दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ र जिम्मेवारी दिँदै तालिममार्फत सक्षम बनाएर अगाडि बढाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

आफ्नो राजनीतिक जीवनको सुरुवाती समय स्मरण गर्दै अध्यक्ष ओलीले तत्कालीन राजनीतिक परिस्थितिमा आफू र अन्य नेताहरू कम उमेरमै नेतृत्व तहमा पुगेको बताउनुभयो । तर त्यतिबेलाको अवस्थालाई अहिलेको समयसँग तुलना गर्न नमिल्ने उहाँको जिकिर थियो ।

२० वर्षको उमेरमा सीपी मैनाली र आफू १९ वर्षको उमेरमा नेतृत्व तहमा पुगेको प्रसङ्ग उल्लेख गर्दै उहाँले अहिले पनि १९ वर्षको व्यक्तिले पार्टी प्रमुख बन्नुपर्छ भन्ने तर्क हास्यास्पद हुने बताउनुभयो । अहिले राजनीतिक आन्दोलनको अवस्था विगतको जस्तो नरहेको भन्दै उहाँले नयाँ पुस्ताले नेतृत्वका लागि आवश्यक प्रशिक्षण र अनुभव हासिल गर्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले समाजमा सबै उमेर समूहका मानिसको भूमिका हुने भन्दै कुनै एक पुस्तालाई मात्र प्राथमिकता दिएर अघि बढ्न नसकिने बताउनुभयो । व्यक्तिले जिम्मेवारी निर्वाह गर्न नसक्ने अवस्था आएपछि नेतृत्वबाट हट्नुपर्ने उल्लेख गर्दै उहाँले क्षमताअनुसार जिम्मेवारी हस्तान्तरण स्वाभाविक रूपमा हुने बताउनुभयो ।

उहाँले पार्टीभित्र पुस्तान्तरणलगायत विषयमा अनावश्यक विवादमा नअल्झिन कार्यकर्तालाई आग्रह गर्नुभयो । अहिले एमालेमा एकता आवश्यक रहेको भन्दै उहाँले सम्पूर्ण कार्यकर्ता पङ्क्तिलाई एकजुट भएर अघि बढ्न आह्वान गर्नुभयो ।

एउटा निर्वाचनमा पराजित हुँदैमा एमाले कमजोर नहुने दाबी गर्दै अध्यक्ष ओलीले कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी जागरण अभियानमा सक्रिय हुन आग्रह गर्नुभयो । एमालेले नै देशलाई सही बाटो देखाउने उहाँको भनाइ थियो ।