२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया

एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया
अ अ+ अ-

तनहुँ। तनहुँको ऋषिङ गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट ९५४ जना लाभान्वित भएका छन् ।

नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल, नेपाल नेत्रहीन सङ्घअन्तर्गत समावेशी समाजका लागि कार्य र ऋषिङ गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित शिविरबाट ९५४ जना लाभान्वित भएका हुन् ।

गाउँपालिकाका सम्पूर्ण वडामा असोज १७ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको घुम्ती आँखा शिविर तथा असोज २३ र २४ गते कोटदरबार स्वास्थ्यचौकीमा आयोजित निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरबाट स्थानीयले आँखा उपचार सेवा लिएका हुन् ।

शिविरमा ९५४ जनाले सेवा लिएकामध्ये ५७६ जनाको आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण तथा उपचार गरिएको छ । त्यस्तै, नजिकको दृष्टिमा समस्या भएका १०१ जनालाई चश्मा वितरण गरिएको छ भने मोतियाविन्दुको समस्या भएका १०३ जनाको निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाईँले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाका विभिन्न वडामा घुम्ती शिविर सञ्चालन गरी स्थानीय नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराइएको हो । विशेषगरी आर्थिक तथा भौगोलिक कठिनाइका कारण आँखा परीक्षण र उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको शिविर र कोटदरबार स्वास्थ्यचौकीमा भएको शल्यक्रिया सेवाले आँखासम्बन्धी समस्या भएका नागरिकलाई उपचारमा सहजता प्रदान गरेको उहाँले बताउनुभयो । विशेषगरी मोतियाविन्दुको शल्यक्रिया निःशुल्क रूपमा उपलब्ध हुँदा आर्थिक अवस्था कमजोर भएका सेवाग्राहीलाई राहत पुगेको छ ।

स्थानीयस्तरमै आँखा परीक्षण, उपचार, चश्मा वितरण तथा मोतियाविन्दुको शल्यक्रियाजस्ता सेवा उपलब्ध गराउँदा नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्नुका साथै समय र खर्च पनि बचत भएको छ । रासस