२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना
अ अ+ अ-

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको महाराजगञ्जमा रहेके मन्त्र थकालीलाई भान्छामा चरम फोहोर र अखाद्य कैफियत भेटिएपछि दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

खानाभित्र किरा परेको भन्दै उपभोक्ताले फोनमार्फत गुनासो गरेलगत्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ (आरआरटी) र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले रेस्टुरेन्टमा आकस्मिक अनुगमन गरेको थियो।

अनुगमनका क्रममा भान्छा र फ्रिजभित्रै सांग्ला तथा भुसुना भेटिनुका साथै पकाइएको खाद्यपदार्थसमेत नछोपी असुरक्षित रूपमा भण्डारण गरिएको पाइएको बिभागले जनाएको छ ।

यस्तै, भान्छाको डस्टबिन खुला र फोहोर रहेको, ड्रेनेज सफा नगरिएको तथा मसीयुक्त पत्रिकाको कागजमा करिब १ किलो फ्राइड आलु राखिएको फेला परेको विभागले जनाएको छ।

विभागले पकाएको खाना छोपेर राख्न, किट नियन्त्रण प्रभावकारी बनाउन र मसीजन्य कागजको प्रयोग नगर्न निर्देशन दिएको छ।

औंल्याइएका कैफियतहरू ७ दिनभित्र सुधार गरी प्रमाणसहित विभागमा उपस्थित हुन आदेश दिइएको छ। तोकिएको समयमा सुधार नगरे ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम थप कारबाही गरिने चेतावनी दिइएको छ।