२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको व्यावसायिक क्षमता विकास, पेसागत हकहित संरक्षण, प्रतिलिपि अधिकारको सुनिश्चितता तथा संस्थाको आर्थिक आत्मनिर्भरतामा जोड दिएको छ ।

साधारण सभामा अध्यक्ष प्रदीपराज वन्तले प्रस्तुत गर्नुभएको अध्यक्षीय प्रतिवेदनमा फोटो पत्रकारिताको व्यावसायिक विकास, फोटो पत्रकारहरूको पेसागत सुरक्षा, योगदानको अभिलेखीकरण तथा संस्थागत सुदृढीकरणका विषयलाई प्राथमिकता दिइएको छ ।

अध्यक्ष वन्तले कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोग र तस्बिरको प्रतिलिपि अधिकार संरक्षण फोटो पत्रकारिता क्षेत्रका प्रमुख चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै फोटो पत्रकारको श्रम र अधिकारको सम्मानका लागि प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो ।

फोटो पत्रकारहरूले तस्बिर खिच्ने काममा मात्र सीमित नभई व्यावसायिक सीप, संस्थागत नेतृत्व क्षमता र पेसागत अधिकारका विषयमा समेत सचेत हुनुपर्ने उहाँको भनाइ थियो। नयाँ पुस्तालाई नेतृत्वका लागि तयार पार्दै संस्थालाई बाह्य सहयोगमा मात्र निर्भर नराखी आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासचिव घनश्याम श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संगठन विस्तार, क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय सहकार्य तथा फोटो पत्रकारहरूको हकहित संरक्षणका क्षेत्रमा भएका गतिविधिबारे जानकारी गराउनुभयो। कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभाले प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।

साधारण सभाको अवसरमा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ पाँच विधामा प्रदान गरिएको छ। साहसिक विधामा अनुप प्रधान, पर्यावरण–पर्यटन विधामा तनहुँका सागर गिरी, मनोरञ्जन विधामा बद्री थापा, सांस्कृतिक विधामा प्रकाश गोपाली र खेलकुद विधामा पोखराका बसन्त शेर्पा सम्मानित हुनुभएको छ ।

त्यसैगरी, पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८३’ हरिश सिंह नगाललाई नगद पाँच हजार रुपैयाँसहित प्रदान गरिएको छ। ‘एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८३’ संस्थाका सदस्य रामशरण महर्जन ‘अजय’लाई प्रदान गरिएको छ भने उत्कृष्ट शाखाको रुपमा रामेछाप साखालाई सम्मान गरीएको थियो ।

कार्यक्रममा चौधरी ट्रेडर्सका सञ्चालक प्रमोद चौधरीलाई संस्थालाई पु¥याउनुभएको सहयोगको कदर गर्दै कदरपत्रसहित सम्मान गरिएको थियो ।

वैशाख १३ मा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट आयोजना गरिने

साधारण सभामा अध्यक्ष वन्तले आगामी २०८४ साल वैशाख १३ गते नेपालमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट आयोजना गर्ने घोषणा गर्नुभयो । समिटमा विश्वका विभिन्न देश तथा एसियाका गरी करिब १०० जना फोटो पत्रकार तथा फोटोग्राफरलाई नेपालमा आमन्त्रण गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।
विश्व फोटोग्राफी तथा फोटो पत्रकारितामार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले समिट आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । नेपालको हिमाल, वनजंगल, वातावरण, वन्यजन्तु तथा सांस्कृतिक पर्यटनको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नु समिटको प्रमुख उद्देश्य रहनेछ ।

समिटमा अन्तर्राष्ट्रिय फोटो प्रदर्शनी, अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार, विषयगत छलफल, अनुभव आदानप्रदान तथा फोटो पत्रकारिता र फोटोग्राफीसम्बन्धी तालिम एवं प्रशिक्षण सञ्चालन गरिने अध्यक्ष वन्तले जानकारी दिनुभयो। उहाँका अनुसार समिटले नेपाली फोटो पत्रकारिता र विश्व समुदायबीच सहकार्य विस्तार गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’ले स्वागत मन्तव्य राख्नुभएको थियो । पूर्वअध्यक्षहरू मीनरत्न बज्राचार्य र विकास रौनियारले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। साधारण सभामा संस्थाका पूर्वअध्यक्ष, केन्द्रीय पदाधिकारी, आजीवन सदस्य तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।