काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौंको मैतीदेवी मन्दिर परिसर झिलिमिली बत्तीले सिंगारिएको छ। विगत केही वर्षदेखि दसैँको अवसरमा मन्दिर परिसरलाई विभिन्न प्रकारका आकर्षक बत्तीले सजाउँदै आइएको छ।
रङ्गीचङ्गी बत्तीले सजिएको मन्दिर परिसरले दसैँको रौनक थपेको छ। दसैँको समयमा यहाँ दर्शन तथा अवलोकनका लागि सर्वसाधारणको उल्लेख्य उपस्थिति रहने गरेको छ। मन्दिर परिसरको आकर्षक सजावटले भक्तजन तथा आगन्तुकलाई आकर्षित गर्ने गरेको छ।
तस्बिर : नेपाल फोटो सर्भिस (NPS)














