रामल्ला। प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले शनिबार राष्ट्रपति र संसदीय निर्वाचन दुवै सँगै गर्ने गरी करिब एक बर्षका लागि स्थगित गरिएको जानकारी उहाँको कार्यालयले दिएको छ ।
अन्तर्राष्ट्रिय समुदायले बलियो रूपमा वकालत गरेको संसदीय निर्वाचन यस वर्षको नोभेम्बर २८ मा हुने तय भएको थियो भने राष्ट्रपतीय निर्वाचन सन् २०२७ को सुरुतिर हुने अपेक्षा गरिएको थियो ।
राष्ट्रपतीय आदेश जारी गर्दै उहाँले पहिले निर्धारित संसदीय निर्वाचन स्थगित गरेको र सन् २०२७ सेप्टेम्बर ११ मा दुवै निर्वाचन गर्ने बताएको प्यालेस्टिनी सञ्चार माध्यमले राष्ट्रपतिको कार्यालयको स्रोतलाई उदृृत गरी जनाएका छन् ।
“अब्बासले शनिबार एक राष्ट्रपतीय आदेश जारी गर्दै सन् २०२७ सेप्टेम्बर ११ मा राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने घोषणा गर्नुभएको छ,” उहाँको कार्यालयले वाफा न्यूज एजेन्सीमार्फत् सार्वजनिक विज्ञप्तिमा भनिएको छ । रासस/एएफपी








