२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा

ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु

ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
अ अ+ अ-

किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्टै शनिबार युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये तीन बालबालिका छन् । युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो ।

जापोरिजियामा आवासीय भवनहरूमा रुसी हवाई बम खस्दा आठ जनाको मृत्यु भएको र कम्तीमा १६ जना घाइते भएको क्षेत्रीय रक्षा परिषद्का सह–अध्यक्ष इभान फेडोरोभले शनिबार बताउनुभयो ।

रुसले पूर्णस्तरको आक्रमण सुरु गरेको साढे चार वर्षभन्दा बढी समय बितिसक्दा पनि दुवै पक्षका सेना युद्धमोर्चामा उल्लेखनीय प्रगति गर्न नसकी गतिरोधमा छन् । यद्यपि, दुवै देशबीच लामो दूरीका हवाई आक्रमण जारी छन् । पछिल्लो चार दिनमा रुसी बमबारीका कारण ५५ जनाभन्दा बढीको मृत्यु भएको छ ।

ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल प्राप्त गर्ने सम्झौता गरेको घोषणा गरेको भोलिपल्टै पछिल्ला आक्रमण भएका हुन् । यो कदम युक्रेन युद्धका कारण मस्कोमाथि अमेरिकाले वर्षौंदेखि अपनाउँदै आएको दबाबको नीतिमा आएको अप्रत्याशित परिवर्तन हो । साथै, अमेरिकी मध्यावधि निर्वाचनअघि बढ्दो इन्धन मूल्य नियन्त्रण गर्ने प्रयासका रूपमा पनि यसलाई हेरिएको छ ।

ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत पुटिनसँगको टेलिफोन वार्तामा उक्त सम्झौता भएको जानकारी दिनुभएको थियो । सुरुमा उक्त वार्तामा रुसमा देखिएको प्लेगको शङ्कास्पद घटनाबारे छलफल हुने अपेक्षा गरिएको थियो ।

तर ट्रम्पले रुसले तत्कालै तीन लाख टनभन्दा बढी डिजेल उपलब्ध गराउने र त्यसपछि नोभेम्बरमा थप पाँच लाख टन तथा त्यसको केही समयपछि १० लाख टन डिजेल दिने घोषणा गर्नुभयो । त्यसलगत्तै छोटो अवधिमा थप ३० लाख टन डिजेल उपलब्ध गराइने पनि उहाँले उल्लेख गर्नुभयो ।

ट्रम्पको यो घोषणाले गत महिना उहाँले नै हस्ताक्षर गरेको रुसमाथिको व्यापक प्रतिबन्धसम्बन्धी कानुनसँग विरोधाभास सिर्जना गरेको छ । उक्त कानुनको उद्देश्य युक्रेनविरुद्धको युद्धलाई आर्थिक सहयोग पु¥याउने रुसी तेल तथा ग्यासको आम्दानीमा रोक लगाउनु थियो ।

सम्झौताप्रति प्रतिक्रिया जनाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले यसको जवाफ थप आतङ्क र विश्वासघातबाट दिने बताउनुभएको छ । उहाँले यस्तो सम्झौताले युद्धमा रुसको लगानी बढाउने र युद्ध लम्ब्याउन सहयोग पु¥याउने चेतावनी दिनुभयो ।

“यसले रुसलाई थप हत्या गर्न, लामो समयसम्म युद्ध जारी राख्न, अमेरिकाप्रति अझ कम सम्मान देखाउन तथा विश्वमा थप क्षति र विनाश निम्त्याउन सक्षम बनाउँछ”, जेलेन्स्कीले भन्नुभयो । वासिङ्टनस्थित युक्रेनी दूतावासले जारी गरेको विज्ञप्तिमा उहाँले यसलाई “बलिया साझेदारहरूबाट भएको कमजोर निर्णय” भन्दै आलोचना गर्नुभएको छ ।

युद्ध अन्त्य गर्ने प्रस्तावबारे छलफल गर्न ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र उहाँका ज्वाइँ जारेड कुशनर मियामीमा युक्रेनी अधिकारीहरूसँग भेटवार्ता गरिरहेका बेला ट्रम्पले डिजेल सम्झौताको घोषणा गर्नुभएको थियो ।

“मलाई लाग्छ, हाम्रो टोलीलाई केवल धुवाँको पर्दाका रूपमा प्रयोग गरिँदै छ । यो पक्कै पनि उचित होइन । साझेदारहरूले एकअर्कासँग गर्ने व्यवहार यस्तो हुनुहुँदैन”, जेलेन्स्कीले भन्नुभयो ।   (रासस/एपी)