२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित
अ अ+ अ-

चितवन। यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका-१ नारायणगढस्थित नारायणी किनारको चौर बगरमा परिणत हुँदा यहाँ समुद्री किनारको स्वरूपमा निर्माण गरिएको ‘सी बिच’ ढाँचाको तटबन्ध भने सुरक्षित रहेको छ । नदीको बाढी किनार हुँदै सडकसम्म आइपुग्दा पनि तटबन्धमा ठूलो क्षति पुगेको छैन ।

सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नारायणी पुलको उत्तरतर्फ ६४० मिटर लामो उक्त तटबन्ध विसं २०७९ पुस ५ गते निर्माण सुरु गरी विसं २०८० जेठ १९ गते सम्पन्न गरिएको थियो । उहाँका अनुसार नारायणी नदी किनारको चौरलाई कायम राख्दै नदी कटान रोक्ने र किनारलाई आकर्षक बनाउने उद्देश्यले तटबन्ध निर्माण गरिएको थियो ।

तटबन्ध निर्माण गरिएको क्षेत्र सुरक्षित रहे पनि माथिल्लो चौरमा बाढीले बालुवा र ढुङ्गा थुपारेर बगरमा परिणत गरेको इन्जिनियर पौडेलले बताउनुभयो । “बगर बनेपछि उक्त क्षेत्रमा जानसमेत कठिन भएको छ । यद्यपि तटबन्धको माथिल्लो भागमा रहेको करिडोरमा अहिले पनि मानिसहरू टहलिने र ठेलामा व्यापार गर्नेहरूको चहलपहल देखिन्छ”, उहाँले भन्नुभयो ।

सूचना अधिकारी पौडेलले नारायणी नदीको धारलाई हाल कायम रहेको दिशामा नियन्त्रण तथा स्थिर राख्न तटबन्धले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँका अनुसार तटबन्धका कारण नदीको बहाव परिवर्तन भई नारायणगढ बजारतर्फ केन्द्रित हुनबाट रोकिएको छ । यसले नारायणगढ बजार तथा आसपासका बस्ती, भौतिक संरचना र जग्गालाई नदी कटान तथा बाढीजन्य जोखिमबाट संरक्षण गर्न योगदान पुर्‍याएको छ ।

इन्जिनियर पौडेलले भन्नुभयो, “सी बिच ढाँचाको तटबन्ध नभएको भए यो क्षेत्र पूरै बगरमा परिणत हुन सक्थ्यो । तटबन्धका कारण किनारको चौरमा माटो भर्न र सम्याउन पनि सहज हुने भएको छ ।” उहाँका अनुसार उक्त तटबन्ध निर्माण नभएको भए नारायणी नदीले आफ्नो धार परिवर्तन गरी चितवनतर्फ, विशेषगरी नारायणगढ बजार आसपासको क्षेत्रमा कटान तथा बाढीको जोखिम सिर्जना गर्न सक्ने सम्भावना थियो । तटबन्धले नदीको धार नियन्त्रण गर्नुका साथै मानव बस्ती, बजार क्षेत्र, सडक, पूर्वाधार र अन्य सम्पत्तिलाई नदीजन्य कटानबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।

नारायणी नदी किनारमा निर्माण गरिएको ‘सी बिच’ क्षेत्रमा विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन् । बिहान र साँझ नदी किनारमा घुम्न तथा टहलिन जाने सर्वसाधारणको चहलपहल हुने गर्दछ । साना ठेला तथा व्यापार व्यवसाय सञ्चालन गर्नेहरूका लागि पनि यो क्षेत्र आकर्षणको केन्द्र बनेको छ ।

कार्यालयका अनुसार ‘नारायणी रिभर बिच प्रोटेक्सन वक्र्स’ आयोजनाअन्तर्गत रु १७ करोड ५९ लाख खर्चमा संरचना निर्माण गरिएको हो ।

आयोजनाअन्तर्गत आरसीसीका सिँढी निर्माण गर्नुका साथै अगाडिको भागमा ठूला ढुङ्गा प्रयोग गरी किनार संरक्षणको काम गरिएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

उहाँका अनुसार नारायणी पुलदेखि पश्चिमतर्फ चितवन क्षेत्रमा अधिकांश स्थानमा तटबन्ध निर्माण गरिएकाले यस वर्षको बाढीबाट ठूलो क्षति हुन पाएन । रासस