२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)

विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको शुक्रबार भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा सभापतिका उम्मेदवार थापाले छ हजार ५८४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।

निर्वाचनमा सभापति थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभयो । निर्वाचनमा सात हजार १३ मत खसेकामा ५४ मत बदर भएको थियो । विसं २०४६ को जनआन्दोलनका क्रममा कक्षा ९ मा पढ्दै गर्दा आन्दोलनमा सहभागी हुनुभएका थापा झण्डै चार दशकपछि कांग्रेसको नेतृत्वमा पुग्नुभएको हो ।

नवनिर्वाचित सभापति थापाले २०४६ सालमा बालकांग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । विसं २०४८ मा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) काठमाडौँ वडा नं ३३ को सचिव बन्नुभएका उहाँ २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, २०५३ सालमा सचिव र २०५५ सालमा सभापति निर्वाचित हुनुभएको थियो ।

विंस २०५५ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बन्नुभएका थापा २०५७ सालमा नेविसङ्घको केन्द्रीय उपाध्यक्ष र २०५९ सालमा महामन्त्री बनेर विद्यार्थी राजनीतिलाई उचाइमा पुर्‍याउनुभएको थियो । विसं २०६१ मा राजाको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा रहेर नेतृत्व गर्नुभएका थापामाथि राजद्रोहको मुद्दासमेत लागेको थियो ।

अन्तरराष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले उहाँलाई ‘आस्थाको बन्दी’ घोषणा गरेको थियो । २०६२/६३ सालको जनआन्दोलनमा गणतन्त्र र लोकतन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि उहाँ राष्ट्रिय राजनीतिमा थप चर्चित बन्नुभएको थियो ।

विंस २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् बन्नुभएका थापा संविधान निर्माण, मौलिक हक, बालअधिकार, नागरिकता र ऊर्जा सुरक्षालगायत विषयमा सक्रिय रहनुभएकोे थियो । विसं २०७० मा काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपछि संविधान मस्यौदा प्रक्रियामा योगदान पुर्‍याउनुभयो । विसं २०७१ मा कृषि तथा जलस्रोत समितिको सभापति बनेर कृषि, ऊर्जा र जलस्रोतसम्बन्धी नीतिगत बहसमा भूमिका खेल्नुभएको थियो ।

विंस २०७३ मा स्वास्थ्यमन्त्री बन्नुभएका थापाले आफ्नो नौ महिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बिमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिनुभएको थियो । २०७४ र २०७९ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय संसदमा उठाउँदै आउनुभएको थियो ।

विंस २०७८ मा भएको कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र सङ्गठन सुधारको पक्षमा काम गर्दै आउनुभएको थियो । विसं २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता अगाडि बढाउनुपर्ने भन्दै पार्टीका अर्को महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गर्नुभएका थापा विशेष महाधिवेशनपछि पार्टी सभापति सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व लिनुभएका सभापति थापाले नौ महिनापछि पार्टीको १५औँ महाधिवेशन गरेर पुनः सभापति पदमा निर्वाचित हुनुभएको हो । राजनीतिसँगै अध्यापन, सञ्चार र सामाजिक अभियानमा समेत संलग्न उहाँले विद्यार्थी जीवनदेखि नै शिक्षा र सार्वजनिक सेवामा सुधारको वकालत गर्दै आउनुभएको थियो ।

थापाले युवालाई स्वदेशमै अवसर, सार्वजनिक शिक्षामा लगानी, स्वास्थ्य सेवामा समान पहुँच र सुशासनलाई उनले आफ्नो राजनीतिक यात्राका प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आउनुभएको छ । विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्मको उहाँको यात्रा नेपाली कांग्रेसको भावी दिशा, सङ्गठन सुधार र नयाँ पुस्ताको राजनीतिक सहभागितासँग जोडेर हेरिँदै आइएको छ । रासस