२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य News Polar गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता News Polar सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार News Polar काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवार थापाद्वारा मतदान, ५ हजार ६ सय बढी मत खस्यो News Polar बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो News Polar पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान News Polar व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ News Polar कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो

बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित

बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित
अ अ+ अ-

म्याग्दी। यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

विपद्मा परी छ जनाको मृत्यु भएको छ भने ६० घर पूर्ण र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजाका अनुसार विपद्बाट विस्थापित परिवारलाई सुरक्षित राख्न तीन स्थानमा अस्थायी आश्रयस्थल निर्माण गरिएको छ ।

वडा नं ६ घारस्थित वडा कार्यालयमा रहेको आश्रयस्थलमा पाउद्वारका ९४ जना, शिखमा रहेको आश्रयस्थलमा किन्दु र धस्केखोरका ९१ जना तथा काफलडाँडाको सिरुबारीस्थित आश्रयस्थलमा महभीरका ७० जनालाई राखिएको छ ।

तीनवटा आश्रयस्थलमा गरी २५५ जना प्रभावितले आश्रय लिएका छन् । थप १५६ जना प्रभावित आफन्त तथा छिमेकीको घरमा बसेका छन् । गाउँपालिकाले त्रिपाल र टेन्टको व्यवस्था गरी प्रभावितलाई अस्थायी बसोबासको प्रबन्ध मिलाएको उपाध्यक्ष तिलिजाले बताउनुभयो ।

विपद्पछि सडक, विद्युत् र सञ्चार सेवा लामो समयसम्म अवरुद्ध हुँदा प्रभावित बस्तीमा दैनिक उपभोग्य सामग्री पुर्‍याउन कठिन भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिएका सामग्रीसमेत सकिन थालेका छन् । आश्रयस्थलसम्म पुग्ने सडक अवरुद्ध हुँदा राहत वितरणमा समस्या भएको गाउँपालिकाले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले क्षतिग्रस्त विद्युत्का पोल तथा वितरण लाइन मर्मत गरेपछि ११ दिनपछि गाउँपालिका केन्द्र पोखरेबगर, नागी, राम्चे, भुरुङतातोपानी र दानालगायत क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा ल्याएको छ । शिख र घोडेपानीलगायतका बस्तीमा भने अझै विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक स्रोतको अभाव भएपछि सहयोगको अपिल गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी नदीको कटानका कारण गाउँपालिकाको महभीरदेखि मुस्ताङको सीमासम्मका बस्तीको संरक्षण गर्नु चुनौतीपूर्ण बनेको छ ।

बाढीपहिरोले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत गाउँपालिकाका विभिन्न स्थानमा सडक कटान तथा पहिरोको समस्या निम्त्याएको छ । सडक अवरुद्ध हुँदा प्रभावित बस्तीमा राहत सामग्री पुर्‍याउन र आवतजावत गर्न कठिनाइ भएको छ । घर, गोठ, खानेपानी आयोजना, सिँचाइ, कृषि क्षेत्र तथा सार्वजनिक संरचनामा पुगेको क्षतिले स्थानीयको जनजीवन र जीविकोपार्जनमा समेत असर पारेको छ ।

प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै जोखिममा रहेका बस्तीको प्राविधिक अध्ययन गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष पुनले बताउनुभयो ।

क्षतिग्रस्त सडक, खानेपानी, विद्युत् तथा अन्य पूर्वाधारको पुनर्निर्माणका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले गाउँपालिकाको स्रोतसाधनले मात्रै सम्भव नहुने उहाँको भनाइ छ ।

अध्यक्ष पुनले विपद् उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्न चाहने सङ्घीय, प्रदेश तथा स्थानीय सरकार, विभिन्न सङ्घसंस्था, उद्यमी, व्यवसायी तथा सहयोगी व्यक्तिलाई गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न आग्रह गर्नुभएको छ । गाउँपालिकाले कोषमा उपलब्ध क्युआर कोडमार्फत पनि सहयोग गर्न सकिने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।

बाढीपहिरोबाट प्रभावित परिवारको सुरक्षित बसोबास, जोखिमयुक्त बस्तीको संरक्षण तथा स्थानान्तरण र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । यी कार्यका लागि सङ्घीय तथा प्रदेश सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरिएको अध्यक्ष पुनले बताउनुभयो । रासस