काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक भासिएपछि सवारीसाधनको आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।
गलौँदीमा सडकको करिब १०० मिटर भाग चर्किएको र त्यसमध्ये करिब २० मिटर सडक भासिएको हो।
सडक भासिएपछि प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त सडकखण्डमा सवारीसाधनको आवतजावतमा रोक लगाएको छ।
सडकको अवस्था जोखिमपूर्ण बनेपछि राजमार्गमा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।








