२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य News Polar गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता News Polar सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार News Polar काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवार थापाद्वारा मतदान, ५ हजार ६ सय बढी मत खस्यो News Polar बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो News Polar पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान News Polar व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ News Polar कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो News Polar साहद्वारा बाढीपीडितलाई ३० लाख रुपैयाँ सहयोग News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar मन्त्री गिता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar कोशी प्रदेशसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ

व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ
ललितपुर, २३ असोज नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ शुक्रबार ललितपुर उद्योग वाणिज्य सङ्घको ४७औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै । तस्बिर माधवप्
अ अ+ अ-

ललितपुर। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायमैत्री कानुन निर्माण र नीतिगत सुधारमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।

ललितपुर उद्योग वाणिज्य सङ्घको आज आयोजित ४७औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सरकारसँग व्यवसायमैत्री कानुन निर्माण र नीतिगत सुधारका विषयमा महासङ्घले निरन्तर संवाद गरिरहेको जानकारी बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले व्यवसायसँग सम्बन्धित कानुन तथा अध्यादेशमा सुधारका लागि सुझाव दिइएको र हालै ३६ बुँदे सुझावपत्र सरकारसमक्ष पेस गरिएकोसमेत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नीति निर्माण र कानुनी सुधारका छलफलमा निजी क्षेत्रलाई औपचारिक उपस्थितिमा मात्रै सीमित गर्नु हुँदैन, निजी क्षेत्रलाई केवल साक्षीका रूपमा होइन, मुख्य सरोकारवालाका रूपमा सहभागी गराइनुपर्छ, प्रधानमन्त्री कार्यालयसँग लगानी प्रवर्द्धनसम्बन्धी अवधारणामा काम भइरहेको छ, अर्थमन्त्रीबाट १६ वटा ऐन सुधारको काम भएको छ ।”

उहाँले युवा उद्यमी तथा स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्न सरकारले ल्याएका सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । नवीन उद्यमीको पहिचान र कर्जा प्राप्त गर्ने प्रक्रियामा देखिएका अस्पष्टता हटाउनुपर्ने उहाँको भनाइ थियो ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगरपालिकाले ललितपुर उद्योग वाणिज्य सङ्घसँग समन्वय र सहकार्यमा उद्योगी व्यवसायीका हितमा काम गर्दै आएकाले आगामी दिनमा प्रभावकारी समन्वय र सहकार्य जारी रहने प्रतिबद्धता जनाउनुभयो ।

ललितपुरमा प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले उद्योग व्यवसायलाई प्रविधिमैत्री बनाउन आग्रह गर्दै विदेशी लगानी भित्र्याउनसमेत आग्रह गर्नुभयो । सङ्घका अध्यक्ष विश्वराज बज्राचार्यले विपद्बाट व्यवसायमा हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारीमा लगानी बढाउनुपर्ने र नीतिगत सुधारका क्रममा निजी क्षेत्रलाई मुख्य सरोकारवालाका रूपमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

साधारणसभाले सङ्घको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुसन महर्जन र महासचिव भूमि नन्दन कर्माचार्य चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । रासस